
गृहमन्त्री रमेश लेखकले भिजिट भिसा प्रकरणमा आफ्नो कुनै संलग्नता नरहेको स्पष्टीकरण दिएका छन् । आज (बुधबार) पत्रकार सम्मेृलन गर्दै उनले एक कर्मचारी जोडिएको प्रकरणमा आफूलाई जोडेर अन्याय गरिएको बताएका हुन् । अध्यागमन विभागका प्रमुख तीर्थराज भट्टराईलाई भिजिट भिसा प्रकरणमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको छ । अख्तियारको नियन्त्रणमा रहेका भट्टराईले गृहमन्त्रालयलाई दैनिक रुपमा ५० लाख बु्झाउने गरेको बयान दिएका थिए ।
ृगृहमन्त्री लेखकले भिजिट भिसा प्रकरण अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अनुसन्धान गरिरहेकाले उक्त अनुसन्धानको निष्कर्ष सबैले स्वीकार गर्नुपर्ने बताए । उनले पत्रकारहरुलाई आफ्नो बारेमा समाचार लेख्दा न्याय गरिदिनसमेत आग्रह गरे । उनले पत्रकारहरुबाट आफूले न्यायको अपेक्षा गरेको बताए ।
‘यहाँहरु आइदिनुभयो, धैर्यतापूर्वक मेरा कुराहरु सुनिदिनुभयो । यसलाई तदनुरुप विवेचना गरेर तपाईँहरुले मेराप्रति न्याय गरिदिनुहुनेछ भन्ने आशा गरेको छु । किनभने मैले अघिनै निवेदन गरिसकेँ । अन्याय त कसैले पनि ब्यहोर्नुभएन नि । तपाईँहरुबाट मैले न्यायको अपेक्षा गरेको छु । अन्याय त कसैले पनि व्यहोर्नुभएन नि । त्यसकारण तपाईँहरुबाट मैले न्यायको पनि अपेक्षा गरेको छु । कुनै पनि मानिस अन्यायमा पर्न हुँदैन । गर्दै नगरेको काम जबरजस्ती तैले गरेको होस् भन्ने कुराले हामीलाई ठीक ठाउँमा पुर्याउँदैन,’– उनले भने ।