शनिबार , भाद्र १३, २०८३

नेकपा (माओवादी केन्द्र) का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले वर्तमान सरकार गलत बाटोमा हिँडेको आरोप लगाएका छन् । पार्टीको जागरण अभियानअन्तर्गत बागलुङ बजारमा आज (शुक्रबार) आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।

उनले वर्तमान सरकार भ्रष्टाचारीहरूको संरक्षण र दलालहरूको हित गर्नेतिर केन्द्रित भएको गम्भीर आरोप लगाए । उनले सरकारलाई तत्काल सच्चिन भनेका छन् । नत्र आन्दोलनको आँधीबहेरी सिर्जना गरेर सरकारलाई जनताले विस्थापित गर्ने पनि दाहालको चेतावनी छ ।

उनले एयरपोर्टमा उच्चस्तरीय सेटिङमा भैरहेको भिजिट भिसाको नाममा दैनिक ५० लाख असुली गरिएको विषयमा पनि सरकारको आलोचना गरे । ‘अहिले म सुन्दैछु विमानस्थलमा लाखौँ–करोडौँको घोटाला हुने गरेको छ । म प्रधानमन्त्री र नारायणकाजी गृहमन्त्री भएको बेलामा हामीले एकपछि अर्को नीतिगत निर्णय गर्दै टाइट गर्दै लगेका थियौँ। अहिले एउटै रुटबाट सरकारको हातमा ५०औँ लाख गइरहेको छ भ्रष्टाचारको रूपमा । यो स्थिति भएपछि कसरी आर्थिक स्थितिमा सुधार हुन्छ ?’

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

नेपाली मूलका बिबेक लुइटेल नर्दन टेरिटोरीको सर्वोच्च अदालतमा वकिलका रूपमा प्रवेश

डार्विनमा ‘नुमियो अकाउन्टेन्ट्स’को औपचारिक सुरुवात, नेपाली–अष्ट्रेलियन व्यवसायीलाई लक्षित सेवा

बेलायतमा नेपाली चेली सरिना घलेलाई स्वर्ण पदक

NRNA-NT T-20 क्रिकेट प्रतियोगिता २०२६ : आठ टोली सहभागी, लिग खेल तालिका सार्वजनिक

नान्टको नयाँ कार्यसमितिलाई शपथ, अध्यक्ष भने संवैधानिक प्रक्रियाबाट चयन गरिने

KBA ग्लोबल क्रिकेट क्लब बन्यो NRNA-NT T20 Cup 2026 को च्याम्पियन


TOP