शनिबार , जेठ ११, २०८२

नेकपा (माओवादी केन्द्र) का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले वर्तमान सरकार गलत बाटोमा हिँडेको आरोप लगाएका छन् । पार्टीको जागरण अभियानअन्तर्गत बागलुङ बजारमा आज (शुक्रबार) आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।

उनले वर्तमान सरकार भ्रष्टाचारीहरूको संरक्षण र दलालहरूको हित गर्नेतिर केन्द्रित भएको गम्भीर आरोप लगाए । उनले सरकारलाई तत्काल सच्चिन भनेका छन् । नत्र आन्दोलनको आँधीबहेरी सिर्जना गरेर सरकारलाई जनताले विस्थापित गर्ने पनि दाहालको चेतावनी छ ।

उनले एयरपोर्टमा उच्चस्तरीय सेटिङमा भैरहेको भिजिट भिसाको नाममा दैनिक ५० लाख असुली गरिएको विषयमा पनि सरकारको आलोचना गरे । ‘अहिले म सुन्दैछु विमानस्थलमा लाखौँ–करोडौँको घोटाला हुने गरेको छ । म प्रधानमन्त्री र नारायणकाजी गृहमन्त्री भएको बेलामा हामीले एकपछि अर्को नीतिगत निर्णय गर्दै टाइट गर्दै लगेका थियौँ। अहिले एउटै रुटबाट सरकारको हातमा ५०औँ लाख गइरहेको छ भ्रष्टाचारको रूपमा । यो स्थिति भएपछि कसरी आर्थिक स्थितिमा सुधार हुन्छ ?’

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

अस्ट्रेलियाका गीतकार विनोद अधिकारीका सिर्जना छिटै बजारमा आउंदै

डार्विनको नाइटक्लिफमा छुरा प्रहार, एकजनाको मृत्यु

फेरि बिग्रियो प्रचण्ड–जनार्दन सम्बन्ध, बैंककमा ओलीसँग डिनर, सिंहदरबारमा विष्णु पौडेलसँग फोटो!

पदाधिकारी भएर पनि पार्टीको निर्णय अरु कसैबाट थाहा पाउनु परेको सुमनाको गुनासो, पदको वजन नभएको महशुसपछि राजीनामा

आजको राशिफल ~ वि.सं. २०८१ चैत्र १३ गते बुधवार : श्री देवीकाे कृपाले यी राशिहरूकाे चम्किनेछ भाग्य

आजको राशिफल ~ वि.सं. २०८२ वैशाख २३ गते मङ्गलवार : श्री देवकाे कृपाले यी राशिहरूकाे चम्किनेछ भाग्य


TOP