शनिबार , भाद्र १३, २०८३

प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालमा अब राजतन्त्र इतिहास भैसकेकोले कहिल्यै नफर्कने दाबी गरेका छन् । उनले जनताले मुन्ट्याएर फालिसकेको राजतन्त्र फर्कन नसक्ने ठोकुवा गरेका हुन् । एमालेनिकट युवा संघ नेपालको आजबाट सुरु भएको १०औं राष्ट्रिय महाधिवेशनको उद्घाटन सत्रलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले यस्तो बताएका हुन् ।

प्रधानमन्त्री ओलीले भने,‘नेपाली जनताले उल्टाएर राजतन्त्र फालिसक्यो । अर्को संविधान बनिसक्यो । संसद छ । राष्ट्रपति छ । न्यायालय छ । लोकतान्त्रिक व्यवस्था छ । र, हामी छौं, जसले जंगलमा घुमेर जथाभावी जसलाई पायो त्यसलाई समाउँदै, पछार्दै, मार्दै खाँदै गरेको राजतन्त्रलाई समातेर खोरमा हालेर फेरि खोरबाट पनि निकालेर मुन्ट्याएर फालिदएका छौं । फेरि राजतन्त्र ल्याउँदैछौं भन्ने सपना देख्नेहरू पनि छन् ।’

राजावादीहरुले यही जेठ १५ गते काठमाडौंमा आन्दोलन गर्ने तयारी गरेको बेलामा प्रधानमन्त्री ओलीले यस्तो चेतावनी दिएका छन् । हिजोमात्रै सरकारका प्रवक्ता सञ्चारमन्त्री पृथ्बीसुब्बा गुरुङले राजावादीहरुको आन्दोलन शाीन्तपूर्ण होस भन्ने सरकारको चाहना रहेको सुनाए । संविधान र कानूनविरोधी गतिविधि भए सरकार अब चुप लागेर नबस्ने र सशक्त प्रतिकार गर्ने उनको चेतावनी थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

नेपाली मूलका बिबेक लुइटेल नर्दन टेरिटोरीको सर्वोच्च अदालतमा वकिलका रूपमा प्रवेश

डार्विनमा ‘नुमियो अकाउन्टेन्ट्स’को औपचारिक सुरुवात, नेपाली–अष्ट्रेलियन व्यवसायीलाई लक्षित सेवा

बेलायतमा नेपाली चेली सरिना घलेलाई स्वर्ण पदक

NRNA-NT T-20 क्रिकेट प्रतियोगिता २०२६ : आठ टोली सहभागी, लिग खेल तालिका सार्वजनिक

नान्टको नयाँ कार्यसमितिलाई शपथ, अध्यक्ष भने संवैधानिक प्रक्रियाबाट चयन गरिने

KBA ग्लोबल क्रिकेट क्लब बन्यो NRNA-NT T20 Cup 2026 को च्याम्पियन


TOP