मंगलबार , असार १६, २०८३

ऊर्जा, जलश्रोत तथा सिंचाईमन्त्री दीपक खड्काले लोडसेडिङ नहुने दाबी गरेका छन् । उनले लोडसेडिङको हल्ला सोसल मिडियाको हल्लामात्रै भएको भन्दै अब लोडसेडिङ नहुने जिकिर गरे ।

आज (बुधबार) बसेको प्रतिनिधिसभाअन्तर्गतको पूर्वाधार विकास समितिको बैठकमा बोल्दै मन्त्री खड्काले यस्तो स्पष्ट पारेका हुन् । लोडसेडिङ हुँदैछ भनेर सस्तो लोकप्रियताको लागि भनिएको उनको टिप्पणी छ ।

मन्त्री खड्काले भने,‘अहिले बजारमा केही चर्चा भएको छ, हामीले यो हिउँदमा १ हजार ५ मेगावाटसम्म विद्युत आयात गर्‍यौँ, आवश्यकताअनुसार ६ सय, सात सय घट्दै आएर यहाँको विद्युत बढ्दै जाने, आयात घट्दै जाने अवस्थामा छ र थियो। अस्तिको दिनसम्म पनि हामी साढे ३ सय मेगावाट विद्युत आयात गरिरहेका थियौँ। तर आजको रेकर्डअनुसार १ सय ५० मेगावाट निर्यात गरेका छौँ। हामीलाई विद्युत पुगेर, उब्रिएर, निर्यात गरेका छौँ। लोडसेङिको हल्ला यो सामाजिक सञ्जालको हल्ला मात्रै हो।’ तस्विर : मन्त्री खड्काको सचिवालय

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

डार्विनमा जुन १३ मा हुँदै ‘नेपाल महोत्सव २०२६’, मे ३० मा सामुदायिक परामर्श कार्यक्रम

SAFF फुटसलमा उत्कृष्ट प्रदर्शन गर्ने राष्ट्रिय खेलाडीलाई नगदसहित सम्मान

नेपाल महोत्सव २०२६ सम्बन्धी सामुदायिक परामर्श कार्यक्रम सम्पन्न

डार्विन र ग्रेटर डार्विन क्षेत्रमा खतरनाक लामखुट्टेबाट सर्ने रोग पुष्टि

१० हजारभन्दा बढीको सहभागितासहित डार्विनमा भव्य रूपमा सम्पन्न भयो नेपाल फेस्टिभल २०२६

आजको राशिफल वि.सं. २०८३ ज्येष्ठ १५ गते शुक्रवार: श्रीदेवकाे कृपाले यी राशिहरूकाे चम्किनेछ भाग्य


TOP