बिहिबार , जेठ ९, २०८२

ऊर्जा, जलश्रोत तथा सिंचाईमन्त्री दीपक खड्काले लोडसेडिङ नहुने दाबी गरेका छन् । उनले लोडसेडिङको हल्ला सोसल मिडियाको हल्लामात्रै भएको भन्दै अब लोडसेडिङ नहुने जिकिर गरे ।

आज (बुधबार) बसेको प्रतिनिधिसभाअन्तर्गतको पूर्वाधार विकास समितिको बैठकमा बोल्दै मन्त्री खड्काले यस्तो स्पष्ट पारेका हुन् । लोडसेडिङ हुँदैछ भनेर सस्तो लोकप्रियताको लागि भनिएको उनको टिप्पणी छ ।

मन्त्री खड्काले भने,‘अहिले बजारमा केही चर्चा भएको छ, हामीले यो हिउँदमा १ हजार ५ मेगावाटसम्म विद्युत आयात गर्‍यौँ, आवश्यकताअनुसार ६ सय, सात सय घट्दै आएर यहाँको विद्युत बढ्दै जाने, आयात घट्दै जाने अवस्थामा छ र थियो। अस्तिको दिनसम्म पनि हामी साढे ३ सय मेगावाट विद्युत आयात गरिरहेका थियौँ। तर आजको रेकर्डअनुसार १ सय ५० मेगावाट निर्यात गरेका छौँ। हामीलाई विद्युत पुगेर, उब्रिएर, निर्यात गरेका छौँ। लोडसेङिको हल्ला यो सामाजिक सञ्जालको हल्ला मात्रै हो।’ तस्विर : मन्त्री खड्काको सचिवालय

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

अस्ट्रेलियाका गीतकार विनोद अधिकारीका सिर्जना छिटै बजारमा आउंदै

डार्विनको नाइटक्लिफमा छुरा प्रहार, एकजनाको मृत्यु

फेरि बिग्रियो प्रचण्ड–जनार्दन सम्बन्ध, बैंककमा ओलीसँग डिनर, सिंहदरबारमा विष्णु पौडेलसँग फोटो!

लेखकले कुलमानलाई नहटाऔँ भन्दा खड्का र राणा कड्किए- अहिले नहटाए कहिले?

पदाधिकारी भएर पनि पार्टीको निर्णय अरु कसैबाट थाहा पाउनु परेको सुमनाको गुनासो, पदको वजन नभएको महशुसपछि राजीनामा

आजको राशिफल ~ वि.सं. २०८१ चैत्र १३ गते बुधवार : श्री देवीकाे कृपाले यी राशिहरूकाे चम्किनेछ भाग्य


TOP