शनिबार , भाद्र १३, २०८३

प्रतिनिधिसभाअन्तर्गतको सार्वजनिक लेखा समितिले पोखरा विमानस्थल निर्माणको क्रममा भ्रष्टाचार भएको भनी उपसमितिले तयार पारेको प्रतिवेदन अख्तियार दुरुपयोग अनुसन्धान आयोग पठाउने निर्णय गरेको छ । समितिका सभापति ऋषिकेश पोखरेलले आजको बैठकले थप अनुसन्धान गरी दोषीमाथि कारबाहीको लागि उक्त प्रतिवेदन आयोगमा पठाउने निर्णय भएको बताए ।

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्षसमेत रहेका राजेन्द्र लिङ्देन संयोजक रहेको उपसमितिले पोखरा विमानस्थल निर्माणका क्रममा भ्रष्टाचार भएको प्रतिवेदन सार्वजनिक गरेको थियो । करिब २२ अर्बको लगानीमा निर्माण भएको एयरपोर्टमा १० अर्बभन्दा बढी भ्रष्टाचार भएको समितिको प्रतिवेदनमा उल्लेख छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

नेपाली मूलका बिबेक लुइटेल नर्दन टेरिटोरीको सर्वोच्च अदालतमा वकिलका रूपमा प्रवेश

डार्विनमा ‘नुमियो अकाउन्टेन्ट्स’को औपचारिक सुरुवात, नेपाली–अष्ट्रेलियन व्यवसायीलाई लक्षित सेवा

बेलायतमा नेपाली चेली सरिना घलेलाई स्वर्ण पदक

NRNA-NT T-20 क्रिकेट प्रतियोगिता २०२६ : आठ टोली सहभागी, लिग खेल तालिका सार्वजनिक

नान्टको नयाँ कार्यसमितिलाई शपथ, अध्यक्ष भने संवैधानिक प्रक्रियाबाट चयन गरिने

KBA ग्लोबल क्रिकेट क्लब बन्यो NRNA-NT T20 Cup 2026 को च्याम्पियन


TOP