
सरकारले नेपाल राष्ट्र बैंकको गभर्नरमा प्रा.डा. विश्व पौडेललाई नियुक्त गरेको छ । आज (मंगलबार) साँझ बसेको मन्त्रिपरिषद् बैठकले राष्ट्र बैंकको १८औं गभर्नरमा डा. पौडेललाई नियुक्त गर्ने निर्णय लिएको हो ।
मन्त्रिपरिषद बैठकले पौडेललाई गभर्नर नियुक्त गर्ने निर्णय गरेको सरकारका प्रवक्ता तथा सञ्चारमन्त्री पृथ्वीसुब्बा गुरूङले जानकारी दिए । मन्त्रिपरिषद् बैठकमा सिफारिश समितिले तीन जनाको नाम पेश गरेको थियो ।