सोमबार , जेठ ६, २०८२

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको बन्दी प्रत्यक्षीकरण निवेदनमा सोमबार पनि सुनुवाइ नहुने भएको छ।

प्रधानन्यायाधीश प्रकाशमानसिंह राउत र न्यायाधीश नित्यानन्द पाण्डेको इजलासमा पेसी तोकिएको थियो। तर, प्रधानन्यायाधीश राउत हेर्न नमिल्ने भन्दै सुनुवाइबाट अलग भएका छन्। यससँगै यो निवेदन छैटौँपटक हेर्न नमिल्ने इजलासमा पेसी परेको हो।

सुप्रिम सहकारी ठगीको अभियोगमा उच्च अदालत बुटवलले थुनामा पठाएपछि रवि लामिछाने त्यसलाई बदर गर्न माग गर्दै सर्वोच्च पुगेका थिए। उक्त निवेदनमा सुनुवाइ हुन समय लाग्ने भएकाले बन्दी प्रत्यक्षीकरणको निवेदन पनि दिएका थिए।

जिल्ला अदालत रुपन्देहीले पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएपछि पूर्वडीआईजी छविलाल जोशी पनि सर्वोच्च पुगेका छन्। उनको निवेदन पनि साथै राखेर पेस गरिएको छ। तर, त्यसमा टुंगो लाग्न ढिलाइ भइरहेको छ।

रविलाई रुपन्देही जिल्ला अदालतले भने एक करोड रुपैयाँ धरौटीमा छाडेको थियो। उच्च अदालतले जिल्लाको आदेश उल्टाइदिएपछि रवि हाल रुपन्देही कारागारमा छन्।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

अस्ट्रेलियाका गीतकार विनोद अधिकारीका सिर्जना छिटै बजारमा आउंदै

डार्विनको नाइटक्लिफमा छुरा प्रहार, एकजनाको मृत्यु

फेरि बिग्रियो प्रचण्ड–जनार्दन सम्बन्ध, बैंककमा ओलीसँग डिनर, सिंहदरबारमा विष्णु पौडेलसँग फोटो!

लेखकले कुलमानलाई नहटाऔँ भन्दा खड्का र राणा कड्किए- अहिले नहटाए कहिले?

पदाधिकारी भएर पनि पार्टीको निर्णय अरु कसैबाट थाहा पाउनु परेको सुमनाको गुनासो, पदको वजन नभएको महशुसपछि राजीनामा

आजको राशिफल ~ वि.सं. २०८१ चैत्र १३ गते बुधवार : श्री देवीकाे कृपाले यी राशिहरूकाे चम्किनेछ भाग्य


TOP