शनिबार , भाद्र १३, २०८३

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)की सांसद रोशन कार्कीले गृहप्रशासन निरंकुश र मण्डलेकरण भइरहेको आरोप लगाएकी छन्। आइतबार प्रतिनिधिसभा बैठकको विशेष समयमा सांसद कार्कीले सरकार निरंकुश भएको आरोप लगाएकी हुन्।

‘यो सरकार निरंकुश भइरहेको छ । यो सरकार मण्डलेकरण गरिराखेको छ । गृहप्रशासनले आफूलाई मण्डलेकरण गरिराखेको छ,’ उनले भनिन्, ‘संसद्‌भित्र आएपछि मैले के पाएँ भने सभामुख महोदय, यो त ढाँट्ने थलो रहेछ, आत्मसम्मान धितो राख्ने ठाउँ रहेछ। योजस्तो नीरस ठाउँ त केही रहेनछ। बोलिँदो रहेछ, बोलेको कुरा सुनिँदो रहेनछ।’

उनले संविधानको धारा २७० निलम्बन भएको हो भनी प्रश्न गरिन्। सामाजिक सञ्जालमा लेखेकै भरमा पक्राउ गरिनु आपत्तिजनक रहेको उनको भनाइ छ। उनले सदनको कुर्सीमा सांसद निदाएको, मन्त्रीहरू भिडियो गेम खेलिरहेको देख्दा सभामुखलाई कस्तो लाग्छ होला भनी जिज्ञासा राखिन्।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

नेपाली मूलका बिबेक लुइटेल नर्दन टेरिटोरीको सर्वोच्च अदालतमा वकिलका रूपमा प्रवेश

डार्विनमा ‘नुमियो अकाउन्टेन्ट्स’को औपचारिक सुरुवात, नेपाली–अष्ट्रेलियन व्यवसायीलाई लक्षित सेवा

बेलायतमा नेपाली चेली सरिना घलेलाई स्वर्ण पदक

NRNA-NT T-20 क्रिकेट प्रतियोगिता २०२६ : आठ टोली सहभागी, लिग खेल तालिका सार्वजनिक

नान्टको नयाँ कार्यसमितिलाई शपथ, अध्यक्ष भने संवैधानिक प्रक्रियाबाट चयन गरिने

KBA ग्लोबल क्रिकेट क्लब बन्यो NRNA-NT T20 Cup 2026 को च्याम्पियन


TOP