मंगलबार , बैसाख २९, २०८३

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)
दूरदराज वा दुर्गम स्थानमा गरिएको यात्रा सफल हुनेछ । नयाँ पद र प्रतिष्ठा पाइने सम्भावना छ । सुन्दर पहिरनले व्यक्तित्वमा निखारता ल्याउनेछ ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा)
आज दाजु भाइबाट सहयोग र ससुराली पक्षसँग सम्बन्ध राम्रो बन्नेछ । कृषि कार्यबाट लाभ मिल्ने छ । आफन्तसँग भेटघाट पनि हुनेछ ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
अग्रजको सहयोगले कार्य सम्पादन हुनेछ । शुभकार्यको चर्चा चल्ने छ । परिवारमा सुख सन्तोष छाउनेछ । कला र गलाको प्रभाव बढ्ने छ ।

तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते)
नयाँ कामको थालनी या योजना बन्ला । दाम, इनाम र प्रतिष्ठा कमाउने वेला छ । सामाजिक सङ्घसंस्था वा परोपकारका क्षेत्रमा सहयोग गर्नु पर्नेछ ।

धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे)
आज विद्या र नयाँ ज्ञान बढ्ने छ । सामाजिक र धार्मिक कार्यमा खर्च बढ्न सक्छ । आकस्मिक रूपमा धन प्राप्तिको सम्भावना समेत छ ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा)
आज सामाजिक प्रसिद्धी प्राप्त हुनेछ । वाकपटुता द्वारा आफ्नो काम सफल बनाउन सकिने छ । बहुप्रतीक्षित इच्छा र उद्देश्य सफल हुन सक्छन् ।

वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो)
लगानीमा रहेको रकम फिर्ता आउन सक्छ । विपरित वर्गसँग भेटघाट, साथ र सहयोग मिल्नेछ । शत्रु र विपक्षीहरू पनि पराजित हुन सक्छन् ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
आज स्वाभिमान र घमण्डका कारण केही समस्याहरू सिर्जना हुनसक्छन् । प्रेममा मनमुटावका साथै मनमा शङ्का पनि उत्पन्न हुनेछ ।

कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो)
आज मनमा सात्विक बिचारहरू र अनुहारमा चमक आउने छ । शुभ समाचार सुन्न पाइएला । सामाजिक क्षेत्रमा सफलता पनि मिल्ने छ ।

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
अवसरको खोजीमा असाध्यै दौडधुप गर्नुपर्ने दिन छ । साथीभाइसँग असमझदारी बढ्ला । खर्च बढ्नुका साथै आर्थिक अभाव देखा पर्न सक्छ ।

मकर (भो, जा, जि, जु, जे, जो, ख, खि, खु, खे, खो, गा, गि)
परोपकार र समाजसेवा जस्ता कार्यमा मन लाग्नेछ । रोकिएको धन र व्यापार, व्यवसायमा लाभ मिल्ने छ । पारिवारिक सद्भाव पनि बढ्ने छ ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि)
आज यात्रा गर्दा सचेत हुनुपर्नेछ । महत्वपूर्ण अवसर गुम्न सक्नेछ । झन्झटिलो काम लिनुपर्ला । नजिकका व्यक्तिबाट विश्वासघात होला ।
– ज्यो.प. नारायणप्रसाद दुलाल

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

Liverpool South Ward उपनिर्वाचनमा नेपाली समुदायका अगुवा देव बहादुर गुरुङको उम्मेदवारी

Australia मा नेपाली Gen-Z सहिदहरूलाई सम्मान र नयाँ नेतृत्वलाई बधाई कार्यक्रम सम्पन्न

NRNA NT Youth Forum Multicultural Cup 2026 सम्पन्न, Northern Nepalese FC च्याम्पियन

डार्विनमा २९३ नेपालीले पासपोर्ट नवीकरण गरे

डार्विनमा “साउन्ड अफ नेपाल” भव्य रूपमा सम्पन्न, ७०० भन्दा बढी दर्शकको सहभागिता

डार्विनमा “साउन्ड अफ नेपाल” कन्सर्ट: सबिन राई एण्ड द फारोको सांगीतिक धमाका हुने


TOP