सोमबार , अषोज २६, २०८३

पूर्वप्रधानमन्त्री तथा नेपाली कांग्रेसका निवर्तमान सभापति शेरबहादुर देउवा लामो समयपछि फेरि राजनीतिक भेटघाटमा सक्रिय देखिएका छन्। सिंगापुर–हङकङको लामो बसाइपछि साउन २८ मा नेपाल फर्किएसँगै महाराजगन्जस्थित चुनदेवीको अस्थायी निवासमा कांग्रेस नेता–कार्यकर्ताको भीड बढेको छ।

आइतबार मात्रै करिब चार–पाँच सय नेता तथा कार्यकर्ता देउवालाई भेट्न पुगेका थिए। देउवासँग भेट्नेमा उनका पूर्वविरोधी डडेल्धुराका कर्णबहादुर मल्लदेखि कांग्रेसका विभिन्न जिल्लाका सभापति तथा पूर्वकेन्द्रीय सदस्यसम्म थिए। मल्लसँगको भेटमा स्वास्थ्य अवस्थासँगै पार्टी एकताको विषयमा छलफल भएको बताइएको छ।

विशेष महाधिवेशनमार्फत गगन थापा नेतृत्वको नयाँ कार्यसमिति बनेपछि पार्टीको नेतृत्व गुमाएका देउवा अहिले सर्वोच्च अदालतको निर्णयको प्रतीक्षामा छन्। भेट्न आउने नेता–कार्यकर्तालाई उनले ‘अदालतको निर्णय पर्खौँ, त्यसपछि सबैसँग संवाद गरेर पार्टी मिलाउँछौँ’ भन्ने जवाफ दिने गरेका छन्।

देउवा पक्षले आगामी असोज १६–१९ का लागि तय गरिएको कांग्रेस महाधिवेशन रोक्न सर्वोच्च अदालतमा रिट दायर गर्ने तयारीसमेत गरिरहेको छ। देउवा निवासमा भेटघाट बढेसँगै कांग्रेसको आन्तरिक विवाद र सम्भावित पार्टी एकताबारे राजनीतिक चासो पनि पुनः बढेको छ।

यसबीच देउवा आइतबार कांग्रेस संस्थापन इतर पक्षको सम्पर्क कार्यालयमा आयोजित चियापान कार्यक्रममा समेत सहभागी भएका छन्। चुनदेवीस्थित देउवा निवास र उक्त सम्पर्क कार्यालयबीचको दूरी करिब सय मिटर मात्रै रहेको बताइएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

डार्विनको ‘जुनून’लाई तीन प्रतिष्ठित अवार्ड, ‘रेस्टुरेन्ट अफ द इयर’ सहित ठूलो सफलता

१

Darwin Sri Sithy Vinayakar Temple to Host Inaugural Annual Festival

२

अस्ट्रेलियाको नर्दर्न टेरिटोरी संसद् भवनमा अक्टोबर १६ मा नेपालीका लागि दशैं रिसेप्सन

३

नेपालमा बाढीपहिरोमा ज्यान गुमाउनेप्रति एनटीकी मुख्यमन्त्री फिनोच्चियारोको शोक

४

डार्विन CBD मा प्रहरीमाथि चक्कु प्रहार, १४ वर्षीया किशोरी पक्राउ

५

Darwin’s Unique Auto Tech Community Raises NPR 459,500 for Nepal Flood Relief

६


TOP