सोमबार , अषोज २६, २०८३

नेकपा (एमाले) ले देशैभरका अगुवा कार्यकर्ताहरूको सुझाव संकलन गरी तयार पारेको ‘निर्वाचन समीक्षा र पार्टी पुनर्गठन’ प्रतिवेदनले पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई पद त्यागेर कार्यकर्ताको भावनाको सम्बोधन गर्न सुझाव दिएको छ।

प्रतिवेदनमा निर्वाचनमा बेहोर्नुपरेको अप्रत्याशित हारको मुख्य कारण नेतृत्व नै रहेको उल्लेख गर्दै अध्यक्ष ओलीलाई नैतिक जिम्मेवारी लिन र सक्रिय नेतृत्वबाट हटेर अभिभावकीय भूमिकामा रहन परोक्ष सुझाव दिइएको छ । प्रतिवेदनमा भनिएको छ, ‘सुधारका लागि पार्टी अध्यक्षले अभिभावकीय वा संरक्षकको भूमिकामा बसिदिए हुन्थ्यो भन्ने भावना कार्यकर्ता पंक्तिमा प्रबल बन्दै गएको छ ।’नेतृत्व हस्तान्तरण र पुस्तान्तरणका लागि यो अनिवार्य रहेको कार्यदलको निष्कर्ष छ ।

प्रतिवेदनको परिच्छेद ७ र ९ मा नेतृत्वको समीक्षा गर्दै भनिएको छ ‘आमनिर्वाचनमा पार्टीले बेहोर्नुपरेको असाधारण क्षतिका लागि नैतिक जिम्मेवारीको विषय महत्वपूर्ण एजेन्डा बन्न पुगेको छ । ’

प्रतिवेदनमा विगतको उदाहरण दिँदै भनिएको छ कि २०६४ को निर्वाचनमा हार बेहोरेपछि तत्कालीन महासचिव माधवकुमार नेपालले नैतिकताको आधारमा राजीनामा दिएका थिए । अहिलेको हार त्योभन्दा पनि गम्भीर रहेकाले मुख्य नेतृत्वले त्यसैगरी नैतिक जिम्मेवारी लिनुपर्ने माग कार्यकर्ता पंक्तिबाट आएको प्रतिवेदनमा उल्लेख छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

डार्विनको ‘जुनून’लाई तीन प्रतिष्ठित अवार्ड, ‘रेस्टुरेन्ट अफ द इयर’ सहित ठूलो सफलता

१

Darwin Sri Sithy Vinayakar Temple to Host Inaugural Annual Festival

२

अस्ट्रेलियाको नर्दर्न टेरिटोरी संसद् भवनमा अक्टोबर १६ मा नेपालीका लागि दशैं रिसेप्सन

३

नेपालमा बाढीपहिरोमा ज्यान गुमाउनेप्रति एनटीकी मुख्यमन्त्री फिनोच्चियारोको शोक

४

डार्विन CBD मा प्रहरीमाथि चक्कु प्रहार, १४ वर्षीया किशोरी पक्राउ

५

Darwin’s Unique Auto Tech Community Raises NPR 459,500 for Nepal Flood Relief

६


TOP