मंगलबार , बैसाख २९, २०८३

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)
सहयोगी हातहरू अघि बढ्ने छन् । आफन्तको प्रगतिमा मन रमाउनेछ । व्यापार व्यवसाय सामान्य होला । पुनर्मिलनको योग पनि रहेको छ ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा)
इच्छा र आकांक्षा पूर्ण हुनेछन् । धनार्जनका नयाँ स्रोतहरू पत्ता लाग्नेछन् । लामो समयदेखि रोकिएका अधुरा कार्यहरू पुरा हुन सक्छ ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
आज कुनै कुराले मनमा शान्ति छाउने छ । आम्दानी बढाउने कामको योजना गर्न सकिने छ । राजनैतिक कार्यमा सफलता मिल्ने छ ।

तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते)
आज मनोरञ्जन पूर्ण दिन रहनेछ । रोकिएको काम दोहोर्‍याएर प्रयत्न गर्दा फाइदा हुनेछ । आफ्नै दक्षतामा कार्यहरू सम्पन्न हुनेछन् ।

धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे)
आज साथीभाइको भेटघाटले मन प्रफुल्ल रहला । धार्मिक कार्यमा मन जानेछ । व्यावसायिक काममा राम्रै हुने र योजना पनि बन्ने छ ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा)
आँटेको र ताकेको कार्य अघि बढ्ने छ । पारिवारिक सहयोग र सद्भाव बढ्ने छ । एकपछि अर्को अवसर आउनाले मन प्रसन्न रहने छ ।

वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो)
विद्या र बुद्धिको कमी हुनेछ । प्रेममा समेत अविश्वासको वातावरण सिर्जना हुनसक्छ । स्वास्थ्यमा धन खर्च हुनेछ, तर शुभ कार्यको चर्चा चल्ने छ ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
आज शुभ समाचार सुन्न पाइनेछ । मित्रबाट विशेष सहयोग मिल्ने छ । बुद्धिको उपयोग गर्दा जटिल ठानिएको कामसमेत सम्पादन हुनेछ ।

कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो)
आफ्नो अधिकार प्राप्तिका लागि संघर्ष गर्नु पर्ला । स्वास्थ्य तथा सौन्दर्यतामा धन खर्च हुनेछ । शैक्षिक क्षेत्र पनि कमजोर रहने देखिन्छ ।

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
आज धर्म, कर्म र सामाजिक कार्यमा मन जानेछ । साहित्यिक क्षेत्रमा रूचि बढ्ने छ । काम देखाएर अरूको मन लोभ्याउन सकिने छ ।

मकर (भो, जा, जि, जु, जे, जो, ख, खि, खु, खे, खो, गा, गि)
आज अनावश्यक खर्च हुने र मानसिक चिन्ता बढ्ने छ । झुटा आरोप आइपर्दा समस्या खेप्नु पर्नेछ । योजना गोप्य राखेर अघि बढ्नु होला ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि)
आज धर्म, कर्म, परोपकार, समाजसेवा जस्ता कार्यमा मन लाग्नेछ । जोश, जाँगर र हिम्मत बढ्ला । बन्धु बान्धवबाट सहयोग पनि मिल्ने छ ।
– ज्यो.प. नारायणप्रसाद दुलाल

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

Liverpool South Ward उपनिर्वाचनमा नेपाली समुदायका अगुवा देव बहादुर गुरुङको उम्मेदवारी

Australia मा नेपाली Gen-Z सहिदहरूलाई सम्मान र नयाँ नेतृत्वलाई बधाई कार्यक्रम सम्पन्न

NRNA NT Youth Forum Multicultural Cup 2026 सम्पन्न, Northern Nepalese FC च्याम्पियन

डार्विनमा २९३ नेपालीले पासपोर्ट नवीकरण गरे

डार्विनमा “साउन्ड अफ नेपाल” भव्य रूपमा सम्पन्न, ७०० भन्दा बढी दर्शकको सहभागिता

डार्विनमा “साउन्ड अफ नेपाल” कन्सर्ट: सबिन राई एण्ड द फारोको सांगीतिक धमाका हुने


TOP