शनिबार , भाद्र १३, २०८३

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)
आज परिवारजनको साथले नयाँ आशा पलाउने छ । काम देखाएर अरूको मन लोभ्याउन सकिने छ । पुँजी बजार तथा शेयर बजारबाट पनि लाभ मिल्ने छ ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा)
समय निकै उत्साहजनक रहनेछ । समाजसेवामा मन लाग्नेछ । रोकिएका अधुरा कामहरू पुरा हुनेछन् । मनोरञ्जनमा सहभागिता भइएला ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
नयाँ कार्यको थालनी हुनसक्छ । व्यावसायिक काममा राम्रै फड्को मार्न सकिने छ । आत्मिक सन्तुष्टि मिल्ने छ । अधुरा कार्यहरू सम्पन्न हुनेछन् ।

तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते)
दैनिक कार्यहरूमा प्रगति हुँदै जानेछ । नयाँ वस्त्र, अलङ्कारको प्राप्ति हुनेछ । जोश, जाँगर र हिम्मत बढ्ने छ । रमणीय र सुखद् यात्राको योग पनि छ ।

धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे)
आज लामो समयदेखि रोकिएका अधुरा कार्यहरू पुरा हुन सक्छ । पारिवारिक सहयोग मिल्ने छ । कुनै न कुनै कुराले मनमा शान्ति पनि छाउने छ ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा)
आज शुभकार्यको चर्चा चल्ने छ । मनमा हर्ष, उमङ्ग र उत्साह छाउनेछ । जीवन साथीको सल्लाहमा गरिएको कार्यमा अधिक सफलता मिल्ने छ ।

वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो)
मित्रताको बन्धन कसिनुका साथै दाम्पत्य सुखमा रमाउने समय छ । आफन्तसँग रमणीय र सुखद् यात्राको योग छ । तीर्थाटनको योग पनि रहेको छ ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
आज शरीरमा स्फूर्ति र उमङ्गको कमी हुनेछ । झुटा आरोप प्रत्यारोप आइपर्दा समस्या खेप्नुपर्नेछ स्वास्थ्य तथा सौन्दर्यतामा धन खर्च पनि हुनेछ ।

कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो)
धर्म, कर्म तथा समाजसेवा जस्ता कार्यमा मन लाग्ने छ । आफ्नो क्षेत्रमा प्रभुत्व जमाउन सकिनेछ । ठूला व्यक्तिले तपाईको मेहनतको प्रशंसा गर्नेछन् ।

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
मनमा दोधारको अवस्था सिर्जना हुनसक्छ । दाम्पत्य जीवनमा एक किसिमको निरासता आउन सक्छ । विचार पुर्‍याएर निर्णय लिनु राम्रो होला ।

मकर (भो, जा, जि, जु, जे, जो, ख, खि, खु, खे, खो, गा, गि)
आज अतिथिका रूपमा सम्मान पाइनेछ । इच्छा र आकांक्षा पूर्ण हुनेछन् । धनार्जनका नयाँ स्रोतहरू पत्ता लाग्ने छन् । स्वादिष्ट भोजन पनि पाइनेछ ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि)
पारिवारिक समस्या आइपर्ला । गरेको काममा ढिलासुस्ती हुनेछ । आँटेको काममा बाधा हुनेछ । नयाँ ठाउँमा लगानी गर्नु उपलब्धीमूलक हुँदैन ।
– ज्यो.प. नारायणप्रसाद दुलाल

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

नेपाली मूलका बिबेक लुइटेल नर्दन टेरिटोरीको सर्वोच्च अदालतमा वकिलका रूपमा प्रवेश

डार्विनमा ‘नुमियो अकाउन्टेन्ट्स’को औपचारिक सुरुवात, नेपाली–अष्ट्रेलियन व्यवसायीलाई लक्षित सेवा

बेलायतमा नेपाली चेली सरिना घलेलाई स्वर्ण पदक

NRNA-NT T-20 क्रिकेट प्रतियोगिता २०२६ : आठ टोली सहभागी, लिग खेल तालिका सार्वजनिक

नान्टको नयाँ कार्यसमितिलाई शपथ, अध्यक्ष भने संवैधानिक प्रक्रियाबाट चयन गरिने

KBA ग्लोबल क्रिकेट क्लब बन्यो NRNA-NT T20 Cup 2026 को च्याम्पियन


TOP