मंगलबार , बैसाख २९, २०८३

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)
आज जोश, जाँगर र उमङ्ग बढ्ने छ । नयाँ र शुभकार्यको चर्चा चल्ने छ । विज्ञानको ज्ञानमा वृद्धि हुनेछ । वैदेशिक कार्यबाट पनि राम्रै लाभ मिल्ने छ ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा)
आज धार्मिक कार्य सफल रहने छन् । आर्थिक क्षेत्रमा राम्रो सफलता मिल्ला । विशिष्ट व्यक्तिलाई प्रभावित तुल्याएर काम बनाउन सकिने छ ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
रमणीय र सुखद् यात्राको योग छ । राज्यबाट मान सम्मान पाइनेछ । दाम्पत्य जीवनमा मधुरता छाउने छ । ढिलै भएपनि अधुरा काम सम्पन्न हुनेछ ।

तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते)
ठीक समयमा सही निर्णय लिन सकिने छ । आँटेको र ताकेको कार्य पुरा होला । अध्ययन अध्यापन सफल रहेको छ । व्यापारबाट पनि लाभ मिल्ने छ ।

धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे)
प्रतिष्ठा र पुरस्कार प्राप्त हुनसक्छ । परोपकारका क्षेत्रमा लगानीको समय छ । स्वादिष्ट भोजन पनि पाइनेछ, तर स्वास्थ्य प्रति सजगता अपनाउनु पार्नेछ ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा)
आज नयाँ कामका विभिन्न अवसर फेला पर्ने छन् । श्रमको उचित मूल्याङ्कन हुनेछ । पार्टनरसिपमा गरिएको कारोबारले पनि राम्रै फाइदा दिनेछ ।

वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो)
कार्य सम्पादनमा सहजता मिल्ने छ । रोकिएका काम सम्पादन हुने योग छ । टाढा रहेका साथीभाइहरूसँग भेटघाट हुनेछ । आत्मविश्वास पनि जाग्नेछ ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
आज अधिकार प्राप्तिका लागि संघर्ष गर्नु पर्ला । घरायसी वातावरणमा केही असामान्यता देखिन सक्छ । श्रम परे पनि सोचेको मूल्य प्राप्त नहुन सक्छ ।

कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो)
नयाँ कार्यको थालनी हुनेछ । सामाजिक कार्यमा सफलता मिल्ने छ । वैदेशिक क्षेत्रको काम अघि बढ्ने छ । सहयोगीहरूको राम्रो साथ प्राप्त हुनेछ ।

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
आज मनमा देखिने अस्थिरता अधैर्यताका कारण निर्णायक क्षमतामा कमी आउने छ । आफ्नो कमजोरीको फाइदा अरूले उठाउन सक्छन् ।

मकर (भो, जा, जि, जु, जे, जो, ख, खि, खु, खे, खो, गा, गि)
सामाजिक कार्यबाट सफलता मिल्ने छ । सरकारी जागिरेले बढुवा, प्रशंसा र पुरस्कार पाउने छन् । बोलीको प्रभाव पनि बढ्ने छ नयाँ कमको थालनी हुनेछ ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि)
आफ्नो प्रयास र काम धन्दाबाट दीर्घकालिक फाइदा पुग्न सक्छ, त्यसैले आफ्नो विचार र योजनालाई गोपनीय ढंगले प्रयास गर्दा राम्रो हुनेछ ।
– ज्यो.प. नारायणप्रसाद दुलाल

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

Liverpool South Ward उपनिर्वाचनमा नेपाली समुदायका अगुवा देव बहादुर गुरुङको उम्मेदवारी

Australia मा नेपाली Gen-Z सहिदहरूलाई सम्मान र नयाँ नेतृत्वलाई बधाई कार्यक्रम सम्पन्न

NRNA NT Youth Forum Multicultural Cup 2026 सम्पन्न, Northern Nepalese FC च्याम्पियन

डार्विनमा २९३ नेपालीले पासपोर्ट नवीकरण गरे

डार्विनमा “साउन्ड अफ नेपाल” भव्य रूपमा सम्पन्न, ७०० भन्दा बढी दर्शकको सहभागिता

डार्विनमा “साउन्ड अफ नेपाल” कन्सर्ट: सबिन राई एण्ड द फारोको सांगीतिक धमाका हुने


TOP