मंगलबार , बैसाख २९, २०८३

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)
आज प्रेमीको सहयोग प्राप्त हुनेछ । सांगीतिक क्षेत्रमा रुचि बढ्ने छ । स्वास्थ्यमा सुधार आउला । वित्तीय संस्थाबाट सहयोग पनि पाइनेछ ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा)
आज अरुलाई प्रभावित पारेर काम बन्ने छ । कार्य क्षेत्रमा प्रगति हुनेछ । बन्धु बान्धवबाट सहयोग मिल्ने छ । धार्मिक यात्राको योग पनि छ ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
शुभ समाचार सुन्न पाइएला । सामाजिक तथा धार्मिक कार्यमा रुचि बढ्ने छ । मनोरञ्जनमा सहभागिता भइने छ । शिक्षामा सफलता मिल्ला ।

तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते)
आज लगनशीलताले कामहरू अगाडि बढ्ने छन् । वैदेशिक क्षेत्रको काम अघि बढ्ने छ । व्यापार व्यवसायमा भने औसत लाभ नै हुनेछ ।

धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे)
कला र गलाको प्रभाव बढ्ने छ । अचल सम्पत्ति हात पर्ने योग छ । आफ्नो क्षेत्रमा प्रभुत्व जमाउन सकिने छ । नयाँ ज्ञान सिक्ने मौका मिल्ने छ ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा)
बुद्धिको उपयोग गर्दा जटिल ठानिएको काम समेत सम्पादन हुन सक्नेछ । अतिथिको रूपमा सत्कार पाइएला । सेयर बजारबाट पनि लाभ मिल्ने छ ।

वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो)
आज चुनौतीको सामना गर्नुपर्ला । आफूलाई कमजोर भएको अनुभूति हुनेछ । मन खिन्न हुने स्थिति आउने छ । बन्न लागेको काम बिग्रन सक्छ ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
आज लगानीको वातावरण बन्ने छ । मुद्दा मामिलामा सफलता पाइनेछ । न्यायिक कार्यमा सफलता मिल्ने छ । शुभकार्यको चर्चा पनि चल्ने छ ।

कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो)
खानपिनमा सजगता अपनाउनु पर्नेछ । मनमा शङ्का उत्पन्न हुनेछ । अनावश्यक धन खर्च हुनेछ । आफूलाई कमजोर भएको अनुभूति हुनेछ ।

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
आज राजनीति अधिकारमा सफलता मिल्ने छ । अरुलाई प्रभावित पारेर काम बन्ने छ । महिला वा मित्रबाट विशेष सहयोग पनि मिल्ने छ ।

मकर (भो, जा, जि, जु, जे, जो, ख, खि, खु, खे, खो, गा, गि)
आज आफ्नो काममा आफ्नै व्यक्तिहरूले बाधा पार्नेछन् । स्वास्थ्य संवेदनशील रहने देखिन्छ, तर वैदेशिक कामहरू सहजै अघि बढ्ने छ ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि)
आज नयाँ कामको थालनी हुनेछ । वैदेशिक कार्य अघि बढ्ने छ । वित्तीय संस्थाबाट सहयोग पाइनेछ । आँटेको र ताकेको कार्य पुरा होला ।
– ज्यो.प. नारायणप्रसाद दुलाल

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

Liverpool South Ward उपनिर्वाचनमा नेपाली समुदायका अगुवा देव बहादुर गुरुङको उम्मेदवारी

Australia मा नेपाली Gen-Z सहिदहरूलाई सम्मान र नयाँ नेतृत्वलाई बधाई कार्यक्रम सम्पन्न

NRNA NT Youth Forum Multicultural Cup 2026 सम्पन्न, Northern Nepalese FC च्याम्पियन

डार्विनमा २९३ नेपालीले पासपोर्ट नवीकरण गरे

डार्विनमा “साउन्ड अफ नेपाल” भव्य रूपमा सम्पन्न, ७०० भन्दा बढी दर्शकको सहभागिता

डार्विनमा “साउन्ड अफ नेपाल” कन्सर्ट: सबिन राई एण्ड द फारोको सांगीतिक धमाका हुने


TOP