मंगलबार , बैसाख २९, २०८३

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)
आज लगनशीलताको कमीले गर्दा ठूलो उपलब्धि हातपार्न नसकिएला । सहकर्मीबाट विरोध आउला । नियमित खर्च समेत बढ्ने योग छ ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा)
आज रोकिएको धन पाइन सक्छ । घरमा अतिथिको आगमन हुनेछ । महत्वपूर्ण कामको थालनी हुनेछ । आँटेको काम पनि पुरा होला ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
बन्न लागेको काम बिग्रिने छ । स्वास्थ्यसम्बन्धी चिन्ता बढ्ने छ । सामान हराउने वा चोरी हुने सम्भावना छ । साझेदारी काममा उल्झन आउने छ ।

तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते)
महिला वा मित्रबाट विशेष सहयोग मिल्ने छ । रोकिएका काम पुनः सुरु हुन सक्छन् । आर्थिक कारोबारमा सफलता पाइएला । लाभदायक यात्रा होला ।

धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे)
आज समय खराब रहेकाले आज भ्रमण, धन लगानी, महत्वपूर्ण राजनीतिक निर्णय नगर्नु होला । आफन्त व्यक्तिसँगै विवाद पर्ने सम्भावना छ ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा)
ठीक समयमा सही निर्णय लिन सकिने छ । राजनैतिक क्षेत्रमा सफलता मिल्ने छ । लाभदायक यात्रा हुनेछ, तर स्वास्थ्यको भने ख्याल गर्नु पर्नेछ ।

वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो)
आज परिश्रमअनुसार उपलब्धि पनि राम्रै पाइएला । सामाजिक क्षेत्रमा सफलता मिल्ने छ । मनमा कला, साहित्य तथा संगीतमा रुचि बढ्ने छ ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
शुभारम्भको चर्चा चल्ने छ । सांस्कृतिक क्षेत्रमा रुचि बढ्ने छ । नयाँ उद्योग वा रचनात्मक काममा जुट्ने समय छ, स्वास्थ्यको भने ख्याल गर्नु पर्नेछ ।

कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो)
आज अरुलाई प्रभावित पारेर काम बन्नेछ । रोकिएको धन हात पर्ला । न्यायिक कार्यमा सफलता मिल्ने छ । व्यापारमा मनग्ये धनलाभ हुनेछ ।

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
नयाँ ज्ञान सिक्ने मौका मिल्ने छ । आर्थिक क्षेत्रमा राम्रो सफलता मिल्ने छ । धैर्य एवं लगनशीलताले अवसर दिलाउने छ । प्रेम सम्बन्ध कसिलो हुनेछ ।

मकर (भो, जा, जि, जु, जे, जो, ख, खि, खु, खे, खो, गा, गि)
भाग्यले विभिन्न अवसर जुराउने छ । आत्मविश्वास र पराक्रममा वृद्धि हुनेछ । न्यायिक कार्यमा सफलता मिल्ने छ । शुभकार्यको चर्चा चल्ने छ ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि)
भाग्यले विभिन्न अवसर जुराउने छ । नयाँ काम सुरु गर्ने समय छ । चलाखीपूर्ण बोलीले कार्य सिद्ध हुनसक्छ । धर्म, कर्म तथा समाज सेवामा मन लाग्नेछ ।
– ज्यो.प. नारायणप्रसाद दुलाल

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

Liverpool South Ward उपनिर्वाचनमा नेपाली समुदायका अगुवा देव बहादुर गुरुङको उम्मेदवारी

Australia मा नेपाली Gen-Z सहिदहरूलाई सम्मान र नयाँ नेतृत्वलाई बधाई कार्यक्रम सम्पन्न

NRNA NT Youth Forum Multicultural Cup 2026 सम्पन्न, Northern Nepalese FC च्याम्पियन

डार्विनमा २९३ नेपालीले पासपोर्ट नवीकरण गरे

डार्विनमा “साउन्ड अफ नेपाल” भव्य रूपमा सम्पन्न, ७०० भन्दा बढी दर्शकको सहभागिता

डार्विनमा “साउन्ड अफ नेपाल” कन्सर्ट: सबिन राई एण्ड द फारोको सांगीतिक धमाका हुने


TOP