मंगलबार , बैसाख २९, २०८३

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)
सामाजिक कार्यमा मन जाला । कूटनीतिक नियोगको सहयोग मिल्ला । अतिथिको रूपमा सत्कार पाइनेछ । वैदेशिक क्षेत्रबाट पनि सफलता मिल्ने छ ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा)
दाम, इनाम र प्रतिष्ठा कमाउने वेला छ । स्वादिष्ट भोजन पाइनेछ । धनार्जनका नयाँ स्रोतहरू पत्ता लाग्नेछन् । वित्तीय संस्थाबाट सहयोग पाइने छ ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
आज घरमा अतिथिको आगमन हुनेछ । दाम, इनाम र प्रतिष्ठा कमाउने वेला छ । कुटुम्बको सहयोग मिल्ने छ, तर स्वास्थ्यप्रति सजग रहनु पर्छ ।

तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते)
आज ठीक समयमा सही निर्णय लिन सकिने छ । मनमा हर्ष, उमङ्ग र उत्साह छाउने छ । जग्गा जमिनको कारोबारमा पनि सफलता मिल्न सक्छ ।

धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे)
आज कुनै कुराले मनमा शान्ति छाउला । प्रेम जीवन सुखमय हुनेछ । लगनशीलताले कामहरू अगाडि बढ्ने छन् । भोज भतेरमा सहभागी भइनेछ ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा)
न्यायिक कार्यमा सफलता मिल्ने छ । सांस्कृतिक क्षेत्रमा रुचि बढ्न ेछ । साथीभाइले पनि राम्रै सहयोग जुटाउने छन् । लाभदायक यात्रा पनि रहला ।

वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो)
आज छोटो दूरीको लाभदायक यात्रा रहला । कुनै कुराले मनमा शान्ति छाउने छ । विशिष्ट व्यक्तिको साथ पाइनेछ । शुभकार्यको चर्चा पनि चल्ने छ ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
विपक्षीको छलकपट तथा जालझेलबाट सावधान रहनुपर्नेछ । ताके अनुरूप काम नबन्नाले दिक्क लाग्नेछ । जिद्दीपनाले गर्दा काम बिग्रने डर छ ।

कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो)
आफ्नै दक्षतामा विभिन्न कार्यहरू सम्पन्न हुनेछन् । प्रेम जीवन सफल र सुखद् रहने देखिन्छ । इच्छा र आकांक्षा पूर्ण हुनेछ । शुभारम्भको चर्चा चल्ने छ ।

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
लाभ–हानी, सुख–दुःख बराबरी मध्यम खालको दिन छ, तर आत्मबल बढाएर काम गरेमा असफल भइँदैन । साँझमा केही पैसा हातपार्न पनि सक्छ ।

मकर (भो, जा, जि, जु, जे, जो, ख, खि, खु, खे, खो, गा, गि)
आज सामाजिक तथा धार्मिक कार्यमा रुचि बढ्ने छ । दैनिक कार्यमा प्रगति र सफलता मिल्ने छ । व्यापार व्यवसायमा पनि सफलता पाइनेछ ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि)
आज मनमा दुबिधा उत्पन्न हुनेछ । मनमा निराशा र शरीरमा आलस्य आउला । अधिकार प्राप्तिका लागि संघर्ष गर्नु पर्ला । प्रेममा विवाद पनि आउला ।
– ज्यो.प. नारायणप्रसाद दुलाल

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

Liverpool South Ward उपनिर्वाचनमा नेपाली समुदायका अगुवा देव बहादुर गुरुङको उम्मेदवारी

Australia मा नेपाली Gen-Z सहिदहरूलाई सम्मान र नयाँ नेतृत्वलाई बधाई कार्यक्रम सम्पन्न

NRNA NT Youth Forum Multicultural Cup 2026 सम्पन्न, Northern Nepalese FC च्याम्पियन

डार्विनमा २९३ नेपालीले पासपोर्ट नवीकरण गरे

डार्विनमा “साउन्ड अफ नेपाल” भव्य रूपमा सम्पन्न, ७०० भन्दा बढी दर्शकको सहभागिता

डार्विनमा “साउन्ड अफ नेपाल” कन्सर्ट: सबिन राई एण्ड द फारोको सांगीतिक धमाका हुने


TOP