मंगलबार , बैसाख २९, २०८३

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)
आज झुटा आरोप आइपर्दा समस्या खेप्नुपर्नेछ । सरकारी निकायको भय रहला । व्यवसायमा मन्दी आउने छ । खर्चिलो यात्रा पनि रहनसक्छ ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा)
अरुलाई प्रभावित पारेर काम बन्ने छ । आय आर्जनमा सुधार आउने छ । वैदेशिक क्षेत्रको काम अघि बढ्ने छ । श्रमको उचित मूल्याङ्कन हुनेछ ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
फेसन तथा मनोरञ्जनमा खर्च भए पनि मन सन्तोष हुनेछ, तर परिश्रमअनुसार सफलता मिल्न समय लाग्न सक्छ । पारिवारिक प्रेम पनि बढेर जानेछ ।

तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते)
आज कार्य सम्पादनमा सहजता मिल्ने छ । साथीभाइको विशेष सहयोग मिल्न सक्छ । सामाजिक सद्भाव र रमाइलो यात्राको योग पनि छ ।

धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे)
सामान हराउने वा चोरी हुने भय छ । वैदेशिक क्षेत्र कमजोर रहला । विचार गरेर निर्णय लिनु उचित हुनेछ । पारिवारिक समस्या आइपर्ला ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा)
आज अचल सम्पत्ति हात पर्ने योग छ । धर्म, कर्म तथा समाजसेवामा मन लाग्नेछ । प्रेमीको सहयोग पाइनेछ । नयाँ ज्ञान सिक्ने मौका मिल्ने छ ।

वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो)
दाम, इनाम र प्रतिष्ठा कमाउने वेला छ । विशिष्ट व्यक्तिको सहयोग पाइनेछ । अरुको मन जित्न सकिने छ । दिनको उत्तरार्ध सुखद् रहने छ ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
आफ्नै दक्षतामा विभिन्न कार्यहरू सम्पन्न हुनेछन् । राजनीति अधिकारमा सफलता मिल्ने छ । रोकिएको धन पाइएला । मानसिक शान्ति मिल्ने छ ।

कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो)
आज पदोन्नतिको सम्भावना प्रबल छ । शुभ कार्यको चर्चा चल्ने छ । राज्यबाट साथ र सहयोग मिल्ने छ । विद्या र बुद्धिको विकास पनि हुनेछ ।

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
कला, साहित्य तथा संगीतमा रुचि बढ्ने छ । व्यापार व्यवसायमा सफलता पाइनेछ । आँटेको कार्य पुरा हुनेछ । लाभदायक यात्रा पनि रहला ।

मकर (भो, जा, जि, जु, जे, जो, ख, खि, खु, खे, खो,गा, गि)
भाग्यले विभिन्न अवसर जुराउनेछ । रोकिएका अधुरा कामहरू पुरा हुनेछन् । नयाँ व्यक्तिसँग भेटघाट हुनेछ, तर स्वास्थ्यप्रति सजगता अपनाउनु होला ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि)
श्रमको उचित मूल्याङ्कन हुनेछ । स्वादिष्ट भोजन पाइनेछ । व्यापार, व्यवसायमा पर्याप्त लाभ मिल्ने छ । प्राविधिक क्षेत्रको काम अघि बढ्ने छ ।
– ज्यो.प. नारायणप्रसाद दुलाल

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

Liverpool South Ward उपनिर्वाचनमा नेपाली समुदायका अगुवा देव बहादुर गुरुङको उम्मेदवारी

Australia मा नेपाली Gen-Z सहिदहरूलाई सम्मान र नयाँ नेतृत्वलाई बधाई कार्यक्रम सम्पन्न

NRNA NT Youth Forum Multicultural Cup 2026 सम्पन्न, Northern Nepalese FC च्याम्पियन

डार्विनमा २९३ नेपालीले पासपोर्ट नवीकरण गरे

डार्विनमा “साउन्ड अफ नेपाल” भव्य रूपमा सम्पन्न, ७०० भन्दा बढी दर्शकको सहभागिता

डार्विनमा “साउन्ड अफ नेपाल” कन्सर्ट: सबिन राई एण्ड द फारोको सांगीतिक धमाका हुने


TOP