मंगलबार , बैसाख २९, २०८३

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)
आज शुभकार्यको चर्चा चल्ने छ । परिवारजनको साथले नयाँ आशा पलाउनेछ । लाभदायक यात्रा पनि रहला, तर स्वास्थ्य मापदण्ड अपनाउनु पर्छ ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा)
आज सानो प्रयत्नले ठूलो काम सम्पादन हुनेछ । श्रमको उचित मूल्याङ्कन हुनेछ । विद्या र बुद्धिको विकास हुनेछ । यात्रा गर्ने अवसर प्राप्त हुनेछ ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
अनावश्यक धन खर्च भई मानसिक चिन्ता बढ्न सक्छ । गरेको काममा ढिलासुस्ती हुनेछ । बढी मेहनतीहरूका लागि दिन फलदायी नै रहनेछ ।

तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते)
आज एउटै कामबाट दोहोरो लाभ मिल्ने छ । वैदेशिक कार्य अघि बढ्ने छ । धर्म, कर्म तथा समाजसेवामा मन लाग्नेछ । आत्मिक सन्तुष्टि पनि मिल्ने छ ।

jagdamba.cement
धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे)
बोलीको विपरीत अर्थ लाग्न सक्छ । मनमा चञ्चलता बढ्नाले गलत निर्णय लिन पुगिएला सचेत रहनुहोला । आज लगानी गर्नु पनि उपयुक्त नहोला ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा)
आज पारिवारिक सद्भाव बढ्ने छ । नयाँ व्यक्ति सँग भेटघाट हुने समय छ । व्यापार व्यवसायबाट लाभ मिल्ने छ, तर स्वास्थ्य प्रति सजग रहनु पर्छ ।

वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो)
परिवारमा ठूलो जमघट वा कुनै धार्मिक सामाजिक कार्य सम्पन्न हुनेछ । दैनिक कामहरू अगाडि बढ्ने छन् । कार्य सम्पादनमा सहजता मिल्ने छ ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
साथीभाइबाट सहयोग मिल्ने छ । सामाजिक र धार्मिक कार्यबाट सन्तोष मिल्ने छ । शिक्षामा प्रगति हुनुका साथै रोजगारीको अवसर पनि मिल्ने छ ।

कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो)
बुद्धिको उपयोगले लक्ष्य पहिल्याउन सकिने छ । शुभकार्यको चर्चा चल्ने छ । अरुलाई प्रभावित पारेर काम बन्ने छ । प्राविधिक क्षेत्रमा रुचि बढ्ने छ ।

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
इच्छा र आकांक्षा पूर्ण हुनसक्छ । मनमा हर्ष छाउने छ । आफ्नो क्षेत्रमा प्रभुत्व जमाउन सकिने छ । नयाँ सफलता पनि मिल्न सक्छ ।

मकर (भो, जा, जि, जु, जे, जो, ख, खि, खु, खे, खो, गा, गि)
रमाइलो यात्रा गर्ने अवसर प्राप्त हुनेछ । कला र गलाको प्रभाव बढ्ने छ । मनोरञ्जनमा सहभागिता भइएला । आर्थिक क्षेत्रमा राम्रो सफलता मिल्ला ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि)
आज अतिथिका रूपमा सम्मान पाइनेछ । श्रमको उचित मूल्याङ्कन हुनेछ । वैदेशिक क्षेत्रको काम अघि बढ्ने छ । आत्मिक सन्तुष्टि पनि मिल्ने छ ।
– ज्यो.प. नारायणप्रसाद दुलाल

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

Liverpool South Ward उपनिर्वाचनमा नेपाली समुदायका अगुवा देव बहादुर गुरुङको उम्मेदवारी

Australia मा नेपाली Gen-Z सहिदहरूलाई सम्मान र नयाँ नेतृत्वलाई बधाई कार्यक्रम सम्पन्न

NRNA NT Youth Forum Multicultural Cup 2026 सम्पन्न, Northern Nepalese FC च्याम्पियन

डार्विनमा २९३ नेपालीले पासपोर्ट नवीकरण गरे

डार्विनमा “साउन्ड अफ नेपाल” भव्य रूपमा सम्पन्न, ७०० भन्दा बढी दर्शकको सहभागिता

डार्विनमा “साउन्ड अफ नेपाल” कन्सर्ट: सबिन राई एण्ड द फारोको सांगीतिक धमाका हुने


TOP