मंगलबार , बैसाख २९, २०८३

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)
आज आदर्श व्यक्तित्वसँगको सहकार्यले नयाँ अनुभव मिल्ने छ । भौतिक साधन जुटाउने समय छ । श्रमको उचित मूल्याङ्कन पनि हुनेछ ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा)
आज गरेका काममा ढिलासुस्ती हुनेछ । सानो भूलका कारण अपमानित बन्न सक्नु हुन्छ, तर आर्थिक कारोबारमा सफलता मिल्ने छ ।

salt trading.gif.pagespeed.ce .ZcRuUKaeUT
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
आज रमाइलो यात्रा हुने तथा मान सम्मान मिल्नेछ । धार्मिक कार्यमा मन लगाउँदा राम्रो हुनेछ, तर स्वास्थ्यप्रति भने सतर्कता अपनाउनु पर्छ ।

ncll 2
तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते)
आज आलस्य र थकानको अनुभूति हुनेछ । व्यक्तिगत स्वास्थ्य र यात्राप्रति सतर्क रहनु पर्नेछ, तर आफन्तको साथ र सहयोग मिल्ने छ ।

धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे)
आज पर्यटनको क्षेत्रबाट लाभ लिन सकिने छ । आस्था, धर्म, तथा समाज सेवामा मन लाग्नेछ । नयाँ कमको योजना समेत बन्ने देखिन्छ ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा)
व्यवसायमा नोक्सानी बेहोर्नु पर्नेछ । अनावश्यक धन खर्च हुनेछ, तर राजनैतिक वा कूटनैतिक क्षेत्रको कार्यमा भने सफलता मिल्ने छ ।

वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो)
आज रोकिएका वैदेशिक क्षेत्रको काम अघि बढ्ने छ । नयाँ वस्त्र, अलङ्कारको प्राप्ति हुनेछ । धनार्जनका नयाँ स्रोतहरू पनि पत्ता लाग्ने छन् ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
आज शुभ समाचार सुन्न पाइने र शुभ कार्यको चर्चा चल्ने छ । नसोचेको ठाउँबाट धनागम हुनेछ । आफन्तको सहयोग पनि पाइने छ ।

कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो)
आज भाग्यले विभिन्न अवसर जुराउने र मनमा हर्ष, उमङ्ग र उत्साह छाउने छ । मित्रसँग भेटघाट हुनेछ र घुमफिरमा आकर्षण बढ्ने छ ।

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
आज अरूलाई प्रभावित पारेर काम बनाउन सकिने समय छ । सहयोगीहरूले काममा साथ दिनेछन् । शुभकार्यको चर्चा पनि चल्ने छ ।

मकर (भो, जा, जि, जु, जे, जो, ख, खि, खु, खे, खो, गा, गि)
आज जोश, जाँगर र हिम्मत बढ्ने छ । व्यवसाय बढाउने वा नयाँ रोजगारीको योजना बन्ने छ । गरेको कामबाट दोहोरो लाभ पनि मिल्ने छ ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि)
नजिकको व्यक्तिको सहयोगबाट कार्य पूरा हुनेछ । दाम, इनाम र प्रतिष्ठा कमाउने वेला छ । धर्म, विश्वास, आस्था र सद्भाव पनि बढ्ने छ ।
– ज्यो.प. नारायणप्रसाद दुलाल

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

Liverpool South Ward उपनिर्वाचनमा नेपाली समुदायका अगुवा देव बहादुर गुरुङको उम्मेदवारी

Australia मा नेपाली Gen-Z सहिदहरूलाई सम्मान र नयाँ नेतृत्वलाई बधाई कार्यक्रम सम्पन्न

NRNA NT Youth Forum Multicultural Cup 2026 सम्पन्न, Northern Nepalese FC च्याम्पियन

डार्विनमा २९३ नेपालीले पासपोर्ट नवीकरण गरे

डार्विनमा “साउन्ड अफ नेपाल” भव्य रूपमा सम्पन्न, ७०० भन्दा बढी दर्शकको सहभागिता

डार्विनमा “साउन्ड अफ नेपाल” कन्सर्ट: सबिन राई एण्ड द फारोको सांगीतिक धमाका हुने


TOP