मंगलबार , बैसाख २९, २०८३

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)
आज फजुलको धन खर्च हुनसक्छ । घरायसी कामधन्दाका लागि खट्नु पर्ने छ । मनमा दुबिधा उत्पन्न हुनेछ । चोट पटकको भय छ सचेत रहनुहोला ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा)
उन्नति एवं प्रगतिको वातावरण बन्ने छ । शैक्षिक क्षेत्रमा सफलता मिल्ने छ । वैदेशिक कार्य अघि बढ्ने छ । मेहनतीहरूका लागि दिन फलदायी रहने छ ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
दबाब र तनाव बढेको महसुस हुनेछ । ताके अनुरूप काम नबन्नाले दिक्क लाग्नेछ । जिद्दीपनाले गर्दा काम बिग्रने डर छ, तर आफन्तको साथ पाइनेछ ।

तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते)
नयाँ व्यक्तिसँग भेटघाट हुनेछ । रोकिएको धन हात पर्ला । सुन्दर पहिरनले व्यक्तित्वमा निखारता ल्याउने छ । धर्म, कर्म तथा समाजसेवामा मन लाग्ने छ ।

धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे)
आज अधिकार प्राप्तिका लागि संघर्ष गर्नु पर्ला । अनावश्यक यात्रा रहला, तर मित्रबाट साथ र लाभ मिल्ने छ साथै सन्तान सुख पनि मिल्ने छ ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा)
आज रचनात्मक काममा जुट्ने समय छ । विपरीत वर्गप्रति आकर्षण बढ्ने छ । वैदेशिक क्षेत्रको काम अघि बढ्ने छ । प्रेम सम्बन्ध पनि कसिलो होला ।

वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो)
नयाँ काम सुरु गर्ने समय छ । जोश, जाँगर र उमंग बढ्ला । आर्थिक कारोबारमा सफलता पाइएला । साथीभाइबाट बढी फाइदा लिने समय छ ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
आज कुनै कुराले मन प्रसन्न रहनेछ । रोकिएको काम दोहो¥याएर गर्दा फाइदा हुनेछ । समाजसेवामा मन लाग्नेछ । विशिष्ट व्यक्तिको साथ पाइनेछ ।

कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो)
आज एकपछि अर्को अवसर आउनाले मन प्रसन्न रहने छ । व्यापारमा मनग्ये धनलाभ हुनेछ । शुभकार्यको चर्चा चल्ने छ । भूमिबाट पनि लाभ रहला ।

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
रोकिएका काम पुनः सुरु हुन सक्छन् । श्रमको उचित मूल्याङ्कन हुनेछ । व्यवसायको सन्दर्भमा आदर्श व्यक्तित्वसँगको सहकार्यले नयाँ अनुभव मिल्ने छ ।

मकर (भो, जा, जि, जु, जे, जो, ख, खि, खु, खे, खो, गा, गि)
शुभकार्यको चर्चा चल्नेछ । छोटो दूरीको लाभदायक यात्रा रहला । एकपछि अर्को अवसर आउनाले मन प्रसन्न रहनेछ । आस मारेको काम बन्न सक्छ ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि)
आज पारिवारिक साथ, जमघट र समर्थन पाइएला । विद्या र बुद्धिको विकास हुनेछ । आफ्नो परिश्रमअनुसार उपलब्धि पनि राम्रै पाइएला ।
– ज्यो.प. नारायणप्रसाद दुलाल

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

Liverpool South Ward उपनिर्वाचनमा नेपाली समुदायका अगुवा देव बहादुर गुरुङको उम्मेदवारी

Australia मा नेपाली Gen-Z सहिदहरूलाई सम्मान र नयाँ नेतृत्वलाई बधाई कार्यक्रम सम्पन्न

NRNA NT Youth Forum Multicultural Cup 2026 सम्पन्न, Northern Nepalese FC च्याम्पियन

डार्विनमा २९३ नेपालीले पासपोर्ट नवीकरण गरे

डार्विनमा “साउन्ड अफ नेपाल” भव्य रूपमा सम्पन्न, ७०० भन्दा बढी दर्शकको सहभागिता

डार्विनमा “साउन्ड अफ नेपाल” कन्सर्ट: सबिन राई एण्ड द फारोको सांगीतिक धमाका हुने


TOP