
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)
एकपछि अर्को अवसर आउनाले मन प्रसन्न रहनेछ । बन्धु बान्धवबाट विशेष सहयोग मिल्ने छ । साँझपख शुभ समाचार आउन सक्छ ।
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा)
आज आफन्तको सफलता र प्रगतिमा मन रमाउने छ । विचार, विद्या र बुद्धिको विकास हुनेछ । व्यावसायिक काममा राम्रै फड्को मार्न सकिने छ ।
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
आज नयाँनयाँ ज्ञान सिक्ने मौका मिल्ने छ । लगनशीलताले कामहरू अगाडि बढ्ने छन् । विपरीत वर्गप्रति आकर्षण पनि बढ्न सक्छ ।
तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते)
कला र गलाको प्रभाव बढ्ने छ । सामाजिक मर्यादामा अभिवृद्धि हुनेछ । भाग्यले विभिन्न अवसर जुराउने छ । धर्म र कर्ममा मन पनि लाग्नेछ ।
धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे)
इच्छा र आकांक्षा पूर्ण हुनेछन् । छोटो दूरीको लाभदायक यात्रा हुनेछ । मित्र वा आफन्तको सहयोग मिल्ने छ । तीर्थाटनको योग पनि छ ।
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा)
शुभकार्यको चर्चा चल्ने छ । शत्रुमाथि विजय प्राप्त हुनेछ । कलकारखाना र बन्द व्यापारमा फाइदा हुनेछ । सांस्कृतिक क्षेत्रमा रुचि बढ्ने छ ।
वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो)
आज आफ्नो क्षेत्रमा प्रभूत्त्व जमाउन सकिने छ । नयाँ वस्त्र, अलङ्कारको प्राप्ति हुनेछ । महिला वा मित्रबाट विशेष सहयोग पनि मिल्ने छ ।
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
आज सामान हराउने वा चोरी हुने सम्भावना छ । अधिकार प्राप्तिका लागि संघर्ष गर्नु पर्ला । अनावश्यक ठाउँमा धन खर्च पनि बढ्न सक्छ ।
कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो)
आज महिलाहरूबाट विशेष सहयोग मिल्ने छ । नयाँ सामान हात पर्ने र शिक्षामा सफलता मिल्ने छ । आर्थिक कारोबारमा सफलता पाइएला ।
वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
पढाईको क्षेत्र कमजोर रहला । गरिरहेको काममा ढिलासुस्ती हुन सक्छ, तर शुभकार्यको चर्चा चल्ने छ प्रणय सम्बन्ध बढेर जाने समय पनि छ ।
मकर (भो, जा, जि, जु, जे, जो, ख, खि, खु, खे, खो, गा, गि)
आज प्रेम सम्बन्ध र प्रणय प्रसङ्गका लागि श्रेष्ठ समय रहेको छ । कूटनीतिक नियोगको सहयोग मिल्ला । पुनर्मिलनको योग पनि रहेको छ ।
मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि)
आज गरेका कार्यमा ढिलासुस्ती हुनेछ । आफूलाई कमजोर भएको अनुभूति हुनेछ । प्रेम प्रसङ्गमा समेत नरमाइलोपन आउनसक्छ ।
– ज्यो.प. नारायणप्रसाद दुलाल