मंगलबार , बैसाख २९, २०८३

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)
एकपछि अर्को अवसर आउनाले मन प्रसन्न रहनेछ । बन्धु बान्धवबाट विशेष सहयोग मिल्ने छ । साँझपख शुभ समाचार आउन सक्छ ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा)
आज आफन्तको सफलता र प्रगतिमा मन रमाउने छ । विचार, विद्या र बुद्धिको विकास हुनेछ । व्यावसायिक काममा राम्रै फड्को मार्न सकिने छ ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
आज नयाँनयाँ ज्ञान सिक्ने मौका मिल्ने छ । लगनशीलताले कामहरू अगाडि बढ्ने छन् । विपरीत वर्गप्रति आकर्षण पनि बढ्न सक्छ ।

तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते)
कला र गलाको प्रभाव बढ्ने छ । सामाजिक मर्यादामा अभिवृद्धि हुनेछ । भाग्यले विभिन्न अवसर जुराउने छ । धर्म र कर्ममा मन पनि लाग्नेछ ।

धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे)
इच्छा र आकांक्षा पूर्ण हुनेछन् । छोटो दूरीको लाभदायक यात्रा हुनेछ । मित्र वा आफन्तको सहयोग मिल्ने छ । तीर्थाटनको योग पनि छ ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा)
शुभकार्यको चर्चा चल्ने छ । शत्रुमाथि विजय प्राप्त हुनेछ । कलकारखाना र बन्द व्यापारमा फाइदा हुनेछ । सांस्कृतिक क्षेत्रमा रुचि बढ्ने छ ।

वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो)
आज आफ्नो क्षेत्रमा प्रभूत्त्व जमाउन सकिने छ । नयाँ वस्त्र, अलङ्कारको प्राप्ति हुनेछ । महिला वा मित्रबाट विशेष सहयोग पनि मिल्ने छ ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
आज सामान हराउने वा चोरी हुने सम्भावना छ । अधिकार प्राप्तिका लागि संघर्ष गर्नु पर्ला । अनावश्यक ठाउँमा धन खर्च पनि बढ्न सक्छ ।

कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो)
आज महिलाहरूबाट विशेष सहयोग मिल्ने छ । नयाँ सामान हात पर्ने र शिक्षामा सफलता मिल्ने छ । आर्थिक कारोबारमा सफलता पाइएला ।

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
पढाईको क्षेत्र कमजोर रहला । गरिरहेको काममा ढिलासुस्ती हुन सक्छ, तर शुभकार्यको चर्चा चल्ने छ प्रणय सम्बन्ध बढेर जाने समय पनि छ ।

मकर (भो, जा, जि, जु, जे, जो, ख, खि, खु, खे, खो, गा, गि)
आज प्रेम सम्बन्ध र प्रणय प्रसङ्गका लागि श्रेष्ठ समय रहेको छ । कूटनीतिक नियोगको सहयोग मिल्ला । पुनर्मिलनको योग पनि रहेको छ ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि)
आज गरेका कार्यमा ढिलासुस्ती हुनेछ । आफूलाई कमजोर भएको अनुभूति हुनेछ । प्रेम प्रसङ्गमा समेत नरमाइलोपन आउनसक्छ ।
– ज्यो.प. नारायणप्रसाद दुलाल

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

Liverpool South Ward उपनिर्वाचनमा नेपाली समुदायका अगुवा देव बहादुर गुरुङको उम्मेदवारी

Australia मा नेपाली Gen-Z सहिदहरूलाई सम्मान र नयाँ नेतृत्वलाई बधाई कार्यक्रम सम्पन्न

NRNA NT Youth Forum Multicultural Cup 2026 सम्पन्न, Northern Nepalese FC च्याम्पियन

डार्विनमा २९३ नेपालीले पासपोर्ट नवीकरण गरे

डार्विनमा “साउन्ड अफ नेपाल” भव्य रूपमा सम्पन्न, ७०० भन्दा बढी दर्शकको सहभागिता

डार्विनमा “साउन्ड अफ नेपाल” कन्सर्ट: सबिन राई एण्ड द फारोको सांगीतिक धमाका हुने


TOP