मंगलबार , बैसाख २९, २०८३

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)
महत्वपूर्ण कार्यमा व्यवधान आइपर्ला । सौन्दर्यतामा धन खर्च हुनेछ । सरकारी निकायको भय रहला । पुँजी बजारको लगानी कमजोर हुनसक्छ ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा)
आज कुनै कुराले मनमा शान्ति छाउने छ । नयाँ कार्यको योजना बन्ने छ । प्रेमीको सहयोग पाइनेछ । नजिकको मित्रसँग भेटघाट पनि हुनेछ ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
आज विपरित वर्गबाट विशेष सहयोग मिल्ने छ । जोश, जाँगर र हिम्मत बढ्ने छ । बिना प्रतिस्पर्धा फाइदा हुने योग छ । ताकेको कार्य पुरा होला ।

तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते)
आज नयाँ कामको थालनी हुनेछ । राजनैतिक कार्यमा सफलता मिल्ने छ । शुभ कार्यको चर्चा चल्ने छ । बन्धु बान्धवबाट सहयोग मिल्ने छ ।

धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे)
आज आत्मविश्वास र पराक्रममा वृद्धि हुनेछ । बन्धु बान्धवबाट विशेष सहयोग मिल्ने छ । साँझपख शुभ समाचार पनि आउन सक्छ ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा)
आदर्श ब्यक्तिको सहकार्यले नयाँ अनुभव मिल्ने छ । आँटेको र ताकेको कार्य पुरा होला । शुभकार्यको चर्चा चल्ने छ । धर्म, कर्ममा मन जानेछ ।

वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो)
वैदेशिक कार्य अघि बढ्ने छ । रोकिएका काम पुनः सुरु हुन सक्छन् । जोश, जाँगर र उमङ्ग बढ्ने छ । शुभकार्यको चर्चा समेत चल्ने छ ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
आज अनावश्यक ठाउँमा धन खर्च हुनसक्छ । नजिकका व्यक्तिबाट कार्यमा वाधा आइपर्ला । शेयर बजारमा लगानी गर्नु उपलब्धीमूलक नहोला ।

कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो)
सामाजिक कार्यमा रुचि बढ्ने छ । अरुलाई प्रभावित पारेर काम बन्ने छ । श्रमको उचित मल्याङ्कन हुनेछ । मिष्ठान्न भोजनको अवसर मिल्ने छ ।

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
आज लाभ–हानी, सुख–दुःख बराबरी खालको समय छ । सद्विचारले अभिप्रेरित हुनेहरूलाई बिस्तारै लाभ मिल्ने छ । ज्ञानमा वृद्धि पनि हुनेछ ।

मकर (भो, जा, जि, जु, जे, जो, ख, खि, खु, खे, खो, गा, गि)
आज आफूले गरेका कामबाट राम्रै लाभ हुनेछ । राजनैतिक सफलता मिल्ने छ । धर्म, कर्ममा मन लाग्ने छ । प्रेम सम्बन्ध पनि कसिलो हुनेछ ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि)
नयाँ कार्य वा रोजगारको अवसर मिल्ने छ । नयाँ कामको थालनी होला । मान प्रतिष्ठामा वृद्धि होला । आफन्तको प्रगतिमा मन रमाउने छ ।
– ज्यो.प. नारायणप्रसाद दुलाल

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

Liverpool South Ward उपनिर्वाचनमा नेपाली समुदायका अगुवा देव बहादुर गुरुङको उम्मेदवारी

Australia मा नेपाली Gen-Z सहिदहरूलाई सम्मान र नयाँ नेतृत्वलाई बधाई कार्यक्रम सम्पन्न

NRNA NT Youth Forum Multicultural Cup 2026 सम्पन्न, Northern Nepalese FC च्याम्पियन

डार्विनमा २९३ नेपालीले पासपोर्ट नवीकरण गरे

डार्विनमा “साउन्ड अफ नेपाल” भव्य रूपमा सम्पन्न, ७०० भन्दा बढी दर्शकको सहभागिता

डार्विनमा “साउन्ड अफ नेपाल” कन्सर्ट: सबिन राई एण्ड द फारोको सांगीतिक धमाका हुने


TOP