मंगलबार , बैसाख २९, २०८३

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)
रमणीय र सुखद् यात्राको योग छ । नयाँ वस्त्र, अलङ्कारको प्राप्ति हुनेछ । जोश, जाँगर र हिम्मत बढ्ने छ । दैनिक कार्यहरूमा प्रगति हुनेछ ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा)
आज शरीरमा स्फूर्ति र उमङ्गको कमी हुनेछ । झुटा आरोप आइपर्दा समस्या खेप्नु पर्नेछ । स्वास्थ्य तथा सौन्दर्यतामा धन खर्च पनि हुनेछ ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
अतिथिका रूपमा सम्मान पाइनेछ । धनार्जनका नयाँ स्रोतहरू पत्ता लाग्ने छन् । ठूला व्यक्तिले तपाईका मेहनतको प्रशंसा गर्नेछन् ।

तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते)
आज पारिवारिक समस्या आइपर्ला । आफैले गरेको काममा ढिलासुस्ती हुनेछ । नयाँ ठाउँमा आर्थिक लगानी गर्नु उपलब्धीमूलक नहोला ।

धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे)
आज आफ्नो क्षेत्रमा प्रभुत्व जमाउन सकिने छ । स्वादिष्ट भोजन पाइनेछ । धर्म, कर्म, परोपकार, समाजसेवा जस्ता कार्यमा मन लाग्ने छ ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा)
आज चित्त दुख्ने समाचार सुन्नु पर्नेछ । शरीरको कुनै पनि भागमा चोट लाग्ने सम्भावना बलियो छ । आम्दानीभन्दा खर्च बढ्ने अवस्था छ ।

वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो)
आज मित्रताको बन्धन कसिनुका साथै दाम्पत्य सुखमा रमाउने समय छ । आकस्मिक धन लाभ हुनेछ, तर टाढाको यात्रा फलदायी हुँदैन ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
आज भूमि, वाहन र पैत्रिक सम्पत्तिबाट लाभ मिल्ने योग छ । व्यापारमा प्रशस्त फाइदा हुनेछ । प्रतिष्ठित काम गर्ने मौका समेत मिल्ने छ ।

कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो)
आज लामो समयदेखि रोकिएका अधुरा कार्यहरू पुरा हुनेछन् । आफन्तको सहयोग मिल्ने छ । कुनै कुराले मनमा पनि छाउने छ ।

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
आज तीर्थाटनको योग छ । नयाँ कार्यको थालनी हुनेछ । व्यावसायिक काममा राम्रै फड्को मार्न सकिने छ । आत्मिक सन्तुष्टि मिल्ने छ ।

मकर (भो, जा, जि, जु, जे, जो, ख, खि, खु, खे, खो, गा, गि)
आज धर्म संस्कृति तथा रीतिरिवाजमा तपाईको सहभागिता हुनेछ । काम देखाएर अरूको मन लोभ्याउन सकिन सफल भइनेछ ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि)
शुभकार्यको चर्चा चल्ने छ । मनमा हर्ष, उमङ्ग र उत्साह छाउनेछ । जीवन साथीको सल्लाहमा गरिएको कार्यमा अधिक सफलता मिल्ने छ ।
– ज्यो.प. नारायणप्रसाद दुलाल

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

Liverpool South Ward उपनिर्वाचनमा नेपाली समुदायका अगुवा देव बहादुर गुरुङको उम्मेदवारी

Australia मा नेपाली Gen-Z सहिदहरूलाई सम्मान र नयाँ नेतृत्वलाई बधाई कार्यक्रम सम्पन्न

NRNA NT Youth Forum Multicultural Cup 2026 सम्पन्न, Northern Nepalese FC च्याम्पियन

डार्विनमा २९३ नेपालीले पासपोर्ट नवीकरण गरे

डार्विनमा “साउन्ड अफ नेपाल” भव्य रूपमा सम्पन्न, ७०० भन्दा बढी दर्शकको सहभागिता

डार्विनमा “साउन्ड अफ नेपाल” कन्सर्ट: सबिन राई एण्ड द फारोको सांगीतिक धमाका हुने


TOP