सोमबार , बैसाख २२, २०८२

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)
आज धैर्य एवं लगनशीलताले अवसर दिलाउने छ । पराक्रम बढ्नुका साथै पारिवारिक सुख मिल्ने छ । विश्वास गरेकाले साथ पनि दिनेछन् ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा)
आज कला, साहित्य तथा संगीतमा रुचि बढ्ने छ । मनमा उत्साहका साथै बोली बिक्ने समय छ । लगनशीलताले कामहरू अगाडि बढ्ने छन् ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
आज धनार्जनका नयाँ स्रोतहरू पत्ता लाग्नेछन् । आफन्तको सहयोग प्राप्त हुनेछ । व्यापारमा वृद्धि हुनुका साथै सामाजिक प्रतिष्ठा मिल्ने छ ।

तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते)
आज स्वादिष्ट भोजन पाइनेछ । प्रेममा मधुरता छाउने छ । वैदेशिक क्षेत्रको काम अघि बढ्ने छ । आत्मबल बढाएर काम गरेमा असफल भइँदैन ।

धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे)
परीक्षा आदि प्रतिस्पर्धामा उत्तीर्ण हुन सकिने छ । विद्यामा सफलता पाइएला । अरुलाई प्रभावित पारेर काम बन्ने छ । वाहन सुख पनि मिल्ने छ ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा)
आज धर्म, कर्म तथा समाज सेवामा मन लाग्नेछ । चिताएको कामले तीव्रता लिनेछ । व्यापार व्यवसायबाट पनि विशेष लाभ हुने देखिन्छ ।

वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो)
आज मनमा दुबिधा उत्पन्न हुनेछ । मानसिक चिन्ता बढ्ने छ । मालसामान हराउन सक्छ । नयाँ योजना कार्यान्वयनमा ल्याउन मुस्किल पर्ला ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
चिताएको कामले तीव्रता लिनेछ । वित्तीय संस्थाबाट सहयोग पाइएला । चलाखीपूर्ण बोलीले काम सफल हुनेछ । शुभ समाचार सुन्नमा आउला ।

कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो)
आफूलाई कमजोर भएको अनुभूति हुनेछ । गरेका कार्यमा ढिलासुस्ती हुनेछ । शत्रुपक्ष भने सबल रहने भएकाले सजग रहनु उचित हुनेछ ।

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
धार्मिक सामाजिक कार्यमा विशेष रुचि रहनुका साथै सामाजिक पद, प्रतिष्ठा प्राप्त हुने देखिन्छ । धर्म, कर्ममा मन लाग्नेछ । शुभ समाचार सुन्न पाइएला ।

मकर (भो, जा, जि, जु, जे, जो, ख, खि, खु, खे, खो, गा, गि)
आज स्थान परिवर्तनका विशेष योग देखिन्छन् । लगानीको वातावरण बन्ने छ । मनोरञ्जनमा सहभागी भइएला । साँझमा पैसा खर्च हुने योग छ ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि)
सामाजिक कार्यमा रुचि जाग्नुका साथै यात्राको योग पनि देखिन्छ । साथीभाइको भेटघाटले मन प्रफुल्ल रहला । प्राविधिक काम पूरा हुनेछन् ।
– ज्यो.प. नारायणप्रसाद दुलाल

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

अस्ट्रेलियाका गीतकार विनोद अधिकारीका सिर्जना छिटै बजारमा आउंदै

डार्विनको नाइटक्लिफमा छुरा प्रहार, एकजनाको मृत्यु

फेरि बिग्रियो प्रचण्ड–जनार्दन सम्बन्ध, बैंककमा ओलीसँग डिनर, सिंहदरबारमा विष्णु पौडेलसँग फोटो!

लेखकले कुलमानलाई नहटाऔँ भन्दा खड्का र राणा कड्किए- अहिले नहटाए कहिले?

अस्ट्रेलियाको डार्विनमा बहु सास्कृतिक होलि पर्व मनाइदै

पदाधिकारी भएर पनि पार्टीको निर्णय अरु कसैबाट थाहा पाउनु परेको सुमनाको गुनासो, पदको वजन नभएको महशुसपछि राजीनामा


TOP
सोमंबुबिशु