मंगलबार , बैसाख २९, २०८३

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)
विशिष्ट व्यक्तिको सहयोग पाइनेछ । शुभकार्यको चर्चा चल्ने छ । विद्या र बुद्धिको विकास हुनेछ । कार्य सम्पादनमा सहजता मिल्ने छ ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा)
सौन्दर्यतामा धन खर्च हुनेछ । सानातिना समस्यामा अल्झनु पर्नेछ । पारिवारिक समस्याले सताउने छ । अनावश्यक धन खर्च हुनेछ ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
आज चलाखीपूर्ण बोलीले कार्य सिद्ध हुनसक्छ । आर्थिक कारोबारमा सफलता मिल्ने छ । राजनैतिक क्षेत्रमा सफलता पनि मिल्ने छ ।

तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते)
आज आफ्नै दक्षतामा विभिन्न कार्यहरू सम्पन्न हुनेछन् । परिवारमा सुख सन्तोष छाउला । नयाँ ज्ञान र नयाँ कामको थालनी हुनेछ ।

धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे)
कला, साहित्य तथा संगीतमा रुचि बढ्ने छ । मनोरञ्जन क्षेत्रमा गरेको लगानीबाट श्रीः प्राप्ति हुनेछ । आर्थिक क्षेत्रमा राम्रो सफलता मिल्ला ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा)
आज मनमा हर्ष, उमङ्ग र उत्साह छाउने छ । कार्यक्षेत्रमा प्रगति हुनेछ । वैदेशिक क्षेत्रबाट सफलता मिल्ने छ । प्रेमीको सहयोग मिल्ने छ ।

वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो)
नयाँ कार्यको योजना बन्ने छ । नजिकको व्यक्तिबाट सहयोग पाइएला । सरकारी निकायबाट सहयोग मिल्ने छ । सफल यात्रा पनि हुनेछ ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
आर्थिक कारोबारमा मन्दी आउनेछ । प्रेमी र प्रेमिकाका बीच खिन्नता बढ्न सक्छ । नयाँ योजना कार्यान्वयनमा ल्याउन मुस्किल पर्ला ।

कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो)
चिताएको कामले तीव्रता लिनेछ । कार्यमा सफलता पाइनेछ । पुनर्मिलनको योग रहेको छ । प्रेम प्रसङ्ग या पारिवारिक सद्भाव बढ्ने छ ।

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
आज मानसिक चिन्ता बढे पनि श्रमको उचित मूल्याङ्कन हुनेछ । आफन्तको प्रगतिले मन रमाउनेछ । नसोचेको ठाउँबाट धनागम हुनेछ ।

मकर (भो, जा, जि, जु, जे, जो, ख, खि, खु, खे, खो, गा, गि)
आज कुनै कुराले मनमा शान्ति छाउनेछ । नयाँ र शुभकार्यको चर्चा चल्ने छ । राजनैतिक र सामाजिक संस्थाबाट सहयोग पनि पाइनेछ ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि)
आज घरायसी वातावरणमा केही असामान्यता देखिन सक्छ । समाजसेवामा मन लाग्नेछ । आँटेको र ताकेको कार्य पनि पुरा हुनसक्छ ।
– ज्यो.प. नारायणप्रसाद दुलाल

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

Liverpool South Ward उपनिर्वाचनमा नेपाली समुदायका अगुवा देव बहादुर गुरुङको उम्मेदवारी

Australia मा नेपाली Gen-Z सहिदहरूलाई सम्मान र नयाँ नेतृत्वलाई बधाई कार्यक्रम सम्पन्न

NRNA NT Youth Forum Multicultural Cup 2026 सम्पन्न, Northern Nepalese FC च्याम्पियन

डार्विनमा २९३ नेपालीले पासपोर्ट नवीकरण गरे

डार्विनमा “साउन्ड अफ नेपाल” भव्य रूपमा सम्पन्न, ७०० भन्दा बढी दर्शकको सहभागिता

डार्विनमा “साउन्ड अफ नेपाल” कन्सर्ट: सबिन राई एण्ड द फारोको सांगीतिक धमाका हुने


TOP