शनिबार , भाद्र १३, २०८३

काठमाडौँ । ओलिभर जिरोडले दुई गोल गर्दै अर्को गोलमा अवसर सिर्जना गरेपछि एसी मिलानले बुधबार एफसी साल्सबर्गलाई ४–० ले पराजित गर्दै युरोपेली च्याम्पियन्स लिगको नकआउट चरणको यात्रा तय गरेको छ ।

मिलान अन्तिम १६ मा पुगेको आठ वर्षयता पहिलो पटक हो । मिलानले समूह ‘ई’ यो खेल कम्तीमा बराबरीमा रोके अर्को चरण पुग्ने निश्चित थियो ।

यो जितसँगै मिलान समूहको दोस्रो स्थानमा रह्यो । शीर्ष स्थानमा चेल्सीले अर्को खेलमा डायनामो जागरेभलाई २–१ ले हरायो । समूह ‘एफ’ मा रियल म्याड्रिडले सेल्टिकलाई ५–१ र आरबी लाइपजिगले साख्तर डोनेस्कलाई ४–० ले हरायो । रियल यसअघि नै अन्तिम १६ पुगिसकेको छ भने लाइपजिग जितसँगै नकआउट चरणको यात्रा निश्चित गर्‍यो ।

यस्तै समूह ‘जी’ मा म्यानचेस्टर सिटीले सेभियालाई ३–१ ले हरायो भने बोरुसिया डर्टमुन्डले एफसी कोपनहेगनसँग १–१ को बराबरी खेले । समूह ‘एच’ मा भने बेनफिका विजेता रह्यो । यसका लागि उसले मकाबी हाइफालाई ६–१ ले पन्छायो । दोस्रो स्थानमा चित्त बुझाएको पेरिस सेन्ट जर्मेन (पीएसजी) ले भने युभेन्ट्सलाई २–१ ले निराश पार्‍यो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

नेपाली मूलका बिबेक लुइटेल नर्दन टेरिटोरीको सर्वोच्च अदालतमा वकिलका रूपमा प्रवेश

डार्विनमा ‘नुमियो अकाउन्टेन्ट्स’को औपचारिक सुरुवात, नेपाली–अष्ट्रेलियन व्यवसायीलाई लक्षित सेवा

बेलायतमा नेपाली चेली सरिना घलेलाई स्वर्ण पदक

NRNA-NT T-20 क्रिकेट प्रतियोगिता २०२६ : आठ टोली सहभागी, लिग खेल तालिका सार्वजनिक

नान्टको नयाँ कार्यसमितिलाई शपथ, अध्यक्ष भने संवैधानिक प्रक्रियाबाट चयन गरिने

KBA ग्लोबल क्रिकेट क्लब बन्यो NRNA-NT T20 Cup 2026 को च्याम्पियन


TOP