मंगलबार , बैसाख २९, २०८३

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)
लगनशीलताले कामहरू अगाडि बढ्ने छन् । शुभकार्यको चर्चा चल्ने छ । दाम, इनाम र प्रतिष्ठा कमाउने बेला छ । प्रेमीको सहयोग प्राप्त हुनेछ ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा)
आफूलाई कमजोर भएको अनुभूति हुनेछ । मुद्दा मामिला आइलाग्नसक्छ । अनावश्यक ठाउँमा धन खर्च हुनेछ । व्यवसायमा नोक्सानी बेहोर्नु पर्ला ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
नयाँ काममा हात हाल्ने समय छ । परिवारमा सुख सन्तोष छाउने छ । अतिथिको रूपमा सत्कार पाइएला । वैदेशिक क्षेत्रबाट सफलता मिल्ने छ ।

तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते) आज
ताके अनुरूप काम नबन्नाले दिक्क लाग्न सक्छ । वैदेशिक क्षेत्र कमजोर रहला । यात्रामा सावधानी अपनाउनु नै बुद्धिमानी हुनेछ ।

धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे)
सामाजिक क्षेत्रमा सफलता मिल्ने छ । राज्यबाट मान सम्मान पाइनेछ । वैदेशिक कार्य अघि बढ्ने छ । मनोरञ्जनमा सहभागिता भइएला ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा)
गरेका काममा ढिलासुस्ती हुनेछ । यात्रामा मालसामान हराउन सक्छ । सौन्दर्यतामा धन खर्च हुनेछ, तर साँझमा शुभ समाचार सुन्न पाइनेछ ।

वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो)
आज वित्तीय संस्थाबाट सहयोग पाइनेछ । आँटेको र ताकेको कार्य पुरा होला । शुभकार्यको चर्चा चल्ने छ । शैक्षिक क्षेत्रमा सफलता मिल्ने छ ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
आज नयाँ कपडा, अलङ्कारको प्राप्ति हुनेछ । लगनशीलताले आँटेका कामहरू अगाडि बढ्ने छन् । स्वादिष्ट परिकारका भोजन पनि पाइनेछ ।

कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो)
आज आदर्श व्यक्तित्वसँगको सहकार्यले नयाँ अनुभव मिल्ने छ । धार्मिक तथा समाजसेवामा मन लाग्नेछ । शुभकार्यको चर्चा पनि चल्ने छ ।

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
आज हराएको आत्मविश्वास बढ्ने छ । सहयोगीहरूले राम्रो साथ दिनेछन् । रोकिएका काम सम्पादन हुने र नयाँ काम पाइने योग पनि छ ।

मकर (भो, जा, जि, जु, जे, जो, ख, खि, खु, खे, खो, गा, गि)
जोश, जाँगर र हिम्मत बढ्ने छ । धनार्जनका नयाँ स्रोतहरू पत्ता लाग्ने छन् । मनोरञ्जनमा सहभागी भइएला । महिला वर्गबाट विशेष सहयोग मिल्ने छ ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि)
आज आफन्तको सहयोग प्राप्त हुनेछ । आफ्नो क्षेत्रमा प्रभुत्व जमाउन सकिनेछ । शुभ समाचार सुन्न पाइएला । प्रेम सम्बन्ध पनि कसिलो हुनेछ ।
– ज्यो.प. नारायणप्रसाद दुलाल

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

Liverpool South Ward उपनिर्वाचनमा नेपाली समुदायका अगुवा देव बहादुर गुरुङको उम्मेदवारी

Australia मा नेपाली Gen-Z सहिदहरूलाई सम्मान र नयाँ नेतृत्वलाई बधाई कार्यक्रम सम्पन्न

NRNA NT Youth Forum Multicultural Cup 2026 सम्पन्न, Northern Nepalese FC च्याम्पियन

डार्विनमा २९३ नेपालीले पासपोर्ट नवीकरण गरे

डार्विनमा “साउन्ड अफ नेपाल” भव्य रूपमा सम्पन्न, ७०० भन्दा बढी दर्शकको सहभागिता

डार्विनमा “साउन्ड अफ नेपाल” कन्सर्ट: सबिन राई एण्ड द फारोको सांगीतिक धमाका हुने


TOP