मंगलबार , बैसाख २९, २०८३

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)
दिन मनोरञ्जनपूर्ण रहनेछ । सामाजिक कामको दायित्व बढ्ने छ । व्यवसायका लागि यात्रा सम्भावना छ, तर घरायसी व्यवहारबाट टाढै बस्नु होला ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा)
आज आफ्नो वाक्चातुर्यले काम बन्न सक्छ । कला र गलाको प्रभाव बढ्ने छ । वाहन लाभ हुने समय छ । जोश, जाँगर र हिम्मत बढ्ने छ ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
श्रमको उचित मूल्याङ्कन हुनेछ । व्यापार व्यवसायमा सफलता मिल्नेछ । धर्म तथा समाजसेवामा मन लाग्नेछ । नयाँ कामको थालनी हुनेछ ।

तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते)
आज सद्विचारले अभिप्रेरित हुनेहरूलाई बढी लाभ मिल्दै जानेछ । प्रेममा सफलता पाइनेछ । महिला वर्ग बाट विशेष सहयोग पनि मिल्ने छ ।

धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे)
आज कुनै कुराले मनमा शान्ति छाउने छ । परिवारसँग रमाइलो भेटघाट हुनेछ । प्रेममा मधुरता छाउला । शैक्षिक क्षेत्रमा सफलता मिल्ने छ ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा)
आज रचनात्मक कार्यबाट अरूको मन जित्न सकिने छ । व्यापार व्यवसायमा प्रगति होला । नयाँ कार्य वा रोजगारको अवसर पनि मिल्ने छ ।

वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो)
लाभ–हानी, आय–व्यय, सुख–दुःख बराबरी मध्यम खालको समय छ । मेहनतीहरूका लागि दिन फलदायी नै रहनेछ । शुभकार्यको चर्चा चल्ने छ ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
आज बन्धु बान्धवबाट सहयोग मिल्ने छ । राजनीतिक कार्यमा सफलता मिल्ने छ । वैदेशिक कार्य अघि बढ्ने छ । स्वास्थ्यमा सुधार पनि आउला ।

कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो)
आज घर व्यवहारमा झमेला आउन सक्छ । मनमा दुबिधा उत्पन्न हुनेछ । पारिवारिक समस्या आइपर्ला । विचार गरेर निर्णय लिनु उचित रहनेछ ।

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
दानपुण्यका कार्यमा सहभागी भइनेछ । आफ्नै दक्षतामा विभिन्न कार्यहरू सम्पन्न हुनेछन् । आत्मिक सन्तुष्टि मिल्ने छ । शुभकार्यको चर्चा रहला ।

मकर (भो, जा, जि, जु, जे, जो, ख, खि, खु, खे, खो, गा, गि)
आज सोचे जस्तो लाभ हासिल गर्न केही समय कुर्नुपर्नेछ । द्रुत गतिमा सवारी चलाउँदा विपत्ति आइलाग्न सक्छ, अतः सचेत रहनुहोला ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि)
आज आफन्तको प्रगतिमा मन रमाउने छ । विशिष्ट व्यक्तिबाट पुरस्कार तथा हौसला प्राप्त हुनेछ । आर्थिक क्षेत्रमा सोचे जस्तै लाभ लिन सक्छ ।
– ज्यो.प. नारायणप्रसाद दुलाल

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

Liverpool South Ward उपनिर्वाचनमा नेपाली समुदायका अगुवा देव बहादुर गुरुङको उम्मेदवारी

Australia मा नेपाली Gen-Z सहिदहरूलाई सम्मान र नयाँ नेतृत्वलाई बधाई कार्यक्रम सम्पन्न

NRNA NT Youth Forum Multicultural Cup 2026 सम्पन्न, Northern Nepalese FC च्याम्पियन

डार्विनमा २९३ नेपालीले पासपोर्ट नवीकरण गरे

डार्विनमा “साउन्ड अफ नेपाल” भव्य रूपमा सम्पन्न, ७०० भन्दा बढी दर्शकको सहभागिता

डार्विनमा “साउन्ड अफ नेपाल” कन्सर्ट: सबिन राई एण्ड द फारोको सांगीतिक धमाका हुने


TOP