शनिबार , भाद्र १३, २०८३

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)
आज आलस्य र थकानको अनुभूति हुनेछ । नयाँ योजना कार्यान्वयनमा ल्याउन मुस्किल पर्नेछ । आर्थिक सङ्कटले पनि सताउन सक्छ ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा)
महिला वा मित्रबाट विशेष सहयोग मिल्ने छ । चिन्ता हटेर मन प्रसन्न रहला । घरमा अतिथिको आगमन हुनेछ । पढाइमा प्रगति पनि हुनेछ ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
आज विवाद हुन सक्छ भने तपाईंले शुरु गर्नुभएको काममा बाधा तथा अवरोधहरू आउन सक्छ । पढाई लेखाइमा पनि सफलता नमिल्ला ।

तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते)
आजको दिन हाँसखेल र मनोरञ्जनपूर्ण समय हो । प्रणय प्रसङ्गका लागि श्रेष्ठ समय रहेको छ । छोटो दूरीको लाभदायक यात्रा पनि रहला ।

धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे)
मनमा देखिने अस्थिरता अधैर्यताका कारण निर्णायक क्षमतामा कमी आउनेछ । मुद्दा मामिला आइलाग्न सक्छ, तर साँझमा शुभ समाचार पाइनेछ ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा)
नसोचेको ठाउँबाट धन हात पर्नेछ । धार्मिक तथा समाज सेवामा मन लाग्नेछ । नयाँ काममा हात हाल्ने समय छ । व्यवसायिक क्षेत्र लाभप्रद रहने छ ।

वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो)
अध्ययन–अध्यापनको क्षेत्रमा प्रगतिको खबर सुन्न पाउनु हुनेछ । नजिकको व्यक्तिको सहयोगबाट कार्य पुरा हुनेछ । लाभदायक यात्रा पनि रहने छ ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
मिष्ठान्न भोजनको अवसर प्राप्त हुने योग छ । आयआर्जन बढ्नुका साथै दिगो फाइदा हुने काम प्रारम्भ गर्न सकिने छ । रमणीय र सुखद् यात्रा हुनेछ ।

कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो)
आज गरेका कामबाट राम्रै लाभ हुनेछ । मित्र वा आफन्तको सहयोगबाट मिल्ने छ । बौद्धिकताको विकास हुनेछ । वैदेशिक कार्य अघि बढ्ने छ ।

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
आजको दिनमा प्रतिष्ठित काम गर्ने मौका छ । आत्मविश्वास बढ्ने छ । विशिष्ट व्यक्तित्वसँग भेटघाट हुनेछ । शैक्षिक क्षेत्रमा सफलता मिल्ने छ ।

मकर (भो, जा, जि, जु, जे, जो, ख, खि, खु, खे, खो, गा, गि)
नयाँ–नयाँ ज्ञान सिक्ने मौका मिल्ने छ । राजनैतिक कार्यमा सफलता मिल्ने छ । विद्या र बुद्धिको विकास हुनेछ । आर्थिक पक्ष सुदृढ बन्नेछ ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि)
आज आफ्नै दक्षतामा विभिन्न कार्यहरू सम्पन्न हुनेछन् । नयाँ नयाँ क्षेत्रमा लगानीको अवसर मिल्ने छ । श्रमको उचित मूल्याङ्कन हुनेछ ।
– ज्यो.प. नारायणप्रसाद दुलाल

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

नेपाली मूलका बिबेक लुइटेल नर्दन टेरिटोरीको सर्वोच्च अदालतमा वकिलका रूपमा प्रवेश

डार्विनमा ‘नुमियो अकाउन्टेन्ट्स’को औपचारिक सुरुवात, नेपाली–अष्ट्रेलियन व्यवसायीलाई लक्षित सेवा

बेलायतमा नेपाली चेली सरिना घलेलाई स्वर्ण पदक

NRNA-NT T-20 क्रिकेट प्रतियोगिता २०२६ : आठ टोली सहभागी, लिग खेल तालिका सार्वजनिक

नान्टको नयाँ कार्यसमितिलाई शपथ, अध्यक्ष भने संवैधानिक प्रक्रियाबाट चयन गरिने

KBA ग्लोबल क्रिकेट क्लब बन्यो NRNA-NT T20 Cup 2026 को च्याम्पियन


TOP