मंगलबार , बैसाख २९, २०८३

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)
आज विशिष्ट व्यक्तिको साथ पाइनेछ । राजनैतिक कार्यमा सफलता मिल्ने छ । जोश, जाँगर र हिम्मत बढ्ने छ । शेयर बजारको कारोबार हुनेछ ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा)
आज कुनै कुराले मनमा शान्ति छाउने छ । नयाँ कार्यको योजना बन्ने छ । बिना प्रतिस्पर्धा फाइदा हुनेछ । पुनर्मिलनको योग पनि रहेको छ ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
आज शैक्षिक क्षेत्रमा सफलता मिल्ने छ । पार्टी तथा सेमिनारमा सहभागी भइएला । आदर्श व्यक्तित्वसँगको सहकार्यले नयाँ अनुभव मिल्ने छ ।

तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते)
आज न्यायिक कार्यमा सफलता मिल्ने छ । जोश, जाँगर र हिम्मत बढ्ने छ । नयाँ कार्य वा रोजगार पाइनेछ । मित्रबाट विशेष सहयोग मिल्ने छ ।

धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे)
आज मान प्रतिष्ठामा वृद्धि हुनेछ । भाग्यले विभिन्न अवसर जुराउने छ । अनुहारमा कान्ति र मनमा शान्ति छाउनेछ । नयाँ कामको थालनी होला ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा)
आज रोकिएका अधुरा कामहरू पुरा हुनेछन् । बोलीको प्रभाव बढ्ने छ । बिना प्रतिस्पर्धा फाइदा हुने योग छ । पढाइ लेखाइमा प्रगति पनि हुनेछ ।

वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो)
आँटेको र ताकेको कार्य पुरा होला । आर्जनका क्षेत्रमा सुधार आउनेछ । धार्मिक कार्यमा रुचि बढ्ने छ । नजिकको मित्रसँग भेटघाट हुनेछ ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
निर्णायक क्षमतामा कमी आउनेछ । स्वास्थ्यसम्बन्धी चिन्ता बढ्ने छ । चुनौतीको सामना गरी गलत निर्णय लिन पुगिएला, सचेत रहनुहोला ।

कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो)
आज प्रतीक्षा गरिएको काम पूरा हुनेछ । दैनिक कार्यमा प्रगति हुनेछ । नयाँ ज्ञान सिक्ने मौका मिल्ने छ । शुभ समाचार पनि सुन्न पाइएला ।

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
आज शरीर भारी र मन अस्थिर रहने संकेत देखिन्छ । नयाँ योजना कार्यान्वयनमा ल्याउन मुस्किल पर्ला । घरायसी विवाद समेत बढ्ला ।

मकर (भो, जा, जि, जु, जे, जो, ख, खि, खु, खे, खो, गा, गि)
आज बन्धुबान्धवबाट सहयोग मिल्ने छ । राजनैतिक कार्यमा सफलता पाइएला । मनमा हर्ष, उमङ्ग र उत्साह छाउने र जोश, जाँगर बढ्ने छ ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि)
आज आफन्त व्यक्तिसँग विवाद पर्ने सम्भावना छ । गर्न खोजेका काममा बिघ्नबाधा धेरै देखा पर्नेछन्, हरेक कार्यमा सतर्क हुनु नै उपयुक्त होला ।
– ज्यो.प. नारायणप्रसाद दुलाल

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

Liverpool South Ward उपनिर्वाचनमा नेपाली समुदायका अगुवा देव बहादुर गुरुङको उम्मेदवारी

Australia मा नेपाली Gen-Z सहिदहरूलाई सम्मान र नयाँ नेतृत्वलाई बधाई कार्यक्रम सम्पन्न

NRNA NT Youth Forum Multicultural Cup 2026 सम्पन्न, Northern Nepalese FC च्याम्पियन

डार्विनमा २९३ नेपालीले पासपोर्ट नवीकरण गरे

डार्विनमा “साउन्ड अफ नेपाल” भव्य रूपमा सम्पन्न, ७०० भन्दा बढी दर्शकको सहभागिता

डार्विनमा “साउन्ड अफ नेपाल” कन्सर्ट: सबिन राई एण्ड द फारोको सांगीतिक धमाका हुने


TOP