सोमबार , बैसाख ८, २०८२

काठमाडौं । च्याम्पियन्स लिगको नयाँ सिजनको पहिलो खेलमा लिभरपुल इटालियन क्लब नापोलीसँग पराजित भएको छ । समूह ‘ए’ अन्तर्गतको खेलमा लिरभपुल ४-१ गोलअन्तरले पराजित भएको हो ।

योर्गन क्लपको टोली पहिलो हाफमा नै ३-० गोलले पछि परेको थियो । गोलकिपर एलिसनले पेनाल्टी नरोकेको भए र भर्जिल भान डाइकले गोल लाइनबाट ब्लक नगरेको भए लिभरपुलले थप गोल खाने थियो । पिओटर जिलिन्स्कीले पाँचौँ मिनेटमा नै पेनाल्टीमार्फत नापोलीलाई अग्रता दिलाएका थिए । १८ औँ मिनेटमा भिक्टर ओसिम्हेनले पेनाल्टीबाट अग्रता दोब्बर गर्ने मौका गुमाए । तर आन्द्रे फ्रांक एन्गुइसा र जियोभानी सिमिओनीले गोल गर्दै नापोलीको अग्रता फराकिलो बनाए ।

च्याम्पियन्स लिगमा पहिलो हाफमा लिभरपुल पछि परेको सन् २०१४ पछि यो पहिलो पटक थियो । दोस्रो हाफमा जिलिन्स्कीले अर्को गोल थपे । तर लगत्तै लिभरपुलका लागि लुइस डियासले गोल फर्काए । समूहकै अर्को खेलमा आयाक्सले रेन्जर्सलाई ४-० को अन्तरले पराजित गरेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

अस्ट्रेलियाका गीतकार विनोद अधिकारीका सिर्जना छिटै बजारमा आउंदै

१९औ पोखरा अन्तराष्ट्रीय म्याराथन मा सहभागी अष्ट्र्लियाका दशमी गुरुगं ५ किमि भेट्रान्स मा देश्रो ।

फेरि बिग्रियो प्रचण्ड–जनार्दन सम्बन्ध, बैंककमा ओलीसँग डिनर, सिंहदरबारमा विष्णु पौडेलसँग फोटो!

लेखकले कुलमानलाई नहटाऔँ भन्दा खड्का र राणा कड्किए- अहिले नहटाए कहिले?

अस्ट्रेलियाको डार्विनमा बहु सास्कृतिक होलि पर्व मनाइदै

ओली सरकार ढाल्न चलखेल सुरु, कांग्रेससँग गृहकार्य भइरहेको माओवादी नेता दाहालको खुलासा


TOP