शनिबार , भाद्र १३, २०८३

नेपाली कांग्रेस महाधिवेशनको नयाँ कार्यतालिका सार्वजनिक भएको छ । नयाँ कार्यतालिकाअनुसार केन्द्रीय महाधिवेशन आउँदो मंसिरमा हुने भएको छ ।

शनिबार बूढानिलकण्ठमा बसेको केन्द्रीय कमिटी बैठकले मंसिर ९ देखि १३ गतेसम्म केन्द्रीय महाधिवेशन गर्ने निर्णय गरेको हो ।

बैठकमा सहभागी एक नेताका अनुसार भदौ १६ देखि १९ गतेसम्म तोकिएको महाधिवेशन हुन नसकेपछि कांग्रेसले तीन महिना पछि अर्को महाधिवेशन मिति तोकेको हो ।

त्यस्तै बैठकले अब भदौ २ गतेसम्म क्रियाशील सदस्यको अन्तिम नामावली बुझाउने समय तोकेको छ । त्यसैगरी भदौ २ गते नै निर्वाचन निर्देशिकालाई अन्तिम रुप दिने कांग्रेसको कार्यतालिका छ ।

वडा अधिवेशन भदौ १८, गाउँ तथा नगर अधिवेशन भदौ २७, प्रदेश निर्वाचन क्षेत्रको अधिवेशन असोज १, संघीय निर्वाचन क्षेत्रको अधिवेशन असोज ५, जिल्ला अधिवेशन असोज १० र प्रदेश अधिवेशन कात्तिक १० देखि १२ गतेसम्मका लागि तोकिएको छ ।

अधिबेशन/ महाधिवेशनको सूची

१. कृयाशिल सदस्यको अन्तिम नामावली बुझाउने: २०७८/५/२

२. निर्वाचन निर्देशिका बुझाउने: २०७८/५/२

३. वडा अधिबेशन : २०७८/५ / १८

४. गाउँ/नगर पालिका: २०७८/५ /२७

५. प्रदेश क्षेत्र क/ख: २०७८/ ६/१

६. संघिय निर्वाचन क्षेत्र : २०७८/६/ ५

७. जिल्ला : २०७८/६/१०

८. प्रदेश: २०७८/७/१०-१२

९. केन्द्रीय : २०७८/८/ ९-१३

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

नेपाली मूलका बिबेक लुइटेल नर्दन टेरिटोरीको सर्वोच्च अदालतमा वकिलका रूपमा प्रवेश

डार्विनमा ‘नुमियो अकाउन्टेन्ट्स’को औपचारिक सुरुवात, नेपाली–अष्ट्रेलियन व्यवसायीलाई लक्षित सेवा

बेलायतमा नेपाली चेली सरिना घलेलाई स्वर्ण पदक

NRNA-NT T-20 क्रिकेट प्रतियोगिता २०२६ : आठ टोली सहभागी, लिग खेल तालिका सार्वजनिक

नान्टको नयाँ कार्यसमितिलाई शपथ, अध्यक्ष भने संवैधानिक प्रक्रियाबाट चयन गरिने

KBA ग्लोबल क्रिकेट क्लब बन्यो NRNA-NT T20 Cup 2026 को च्याम्पियन


TOP