मंगलबार , अषोज २७, २०८३

वरिष्ठ पत्रकार एवं रिपोर्टर्स क्लब नेपालका सभापति ऋषि धमलाले वर्तमान सरकारले नेपाल-भारत सम्बन्ध सुमधुर बनाउन आवश्यक रहेको बताएका छन् । रिपोर्टर्स क्लब नेपालमा आयोजित साक्षत्कार कार्यक्रमलाई सम्बोधन गर्दै उनले आर्थिक कूटनीतिमा मुलुकलाई अगाडि बढाउन र नेपालमा विदेशी लगानी भित्र्याउन भारत, चीन लगायतका देशसँग सन्तुलित परराष्ट्र नीति अपनाउनुपर्ने बताएका हुन् ।

‘नेपाल भारत सम्बन्ध राम्रो बनाएर, आर्थिक कूटनीतिमा मुलुकलाई अगाडि लिएर जान भारतसँग सहकार्य, सहयात्रा र सुमधुर सम्बन्धको आवश्यकता छ । नेपालमा लगानीकर्ताहरुलाई उत्साहित गरेर, लगानीकर्तालाई भित्र्याएर देशको विकास र समृद्धिमा नयाँ आयम थप्नुछ,’- उनले भने ।

लगानीकर्ताहरुलाई नेपालमा लगानी सुरक्षित छ, नेपालमा लगानी गर्दाखेरी कुनै समस्या आउँदैन भन्ने सन्देश सरकारले दिन आवश्यक रहेको धमलाले बताए । प्रधानमन्त्री, परराष्ट्रमन्त्री र अहिलेको नेतृत्वले गम्भीर भएर परराष्ट्र नीतिमा सन्तुलन कायम गर्नुपर्ने उनले बताए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

डार्विनको ‘जुनून’लाई तीन प्रतिष्ठित अवार्ड, ‘रेस्टुरेन्ट अफ द इयर’ सहित ठूलो सफलता

१

Darwin Sri Sithy Vinayakar Temple to Host Inaugural Annual Festival

२

अस्ट्रेलियाको नर्दर्न टेरिटोरी संसद् भवनमा अक्टोबर १६ मा नेपालीका लागि दशैं रिसेप्सन

३

नेपालमा बाढीपहिरोमा ज्यान गुमाउनेप्रति एनटीकी मुख्यमन्त्री फिनोच्चियारोको शोक

४

डार्विन CBD मा प्रहरीमाथि चक्कु प्रहार, १४ वर्षीया किशोरी पक्राउ

५

Darwin’s Unique Auto Tech Community Raises NPR 459,500 for Nepal Flood Relief

६


TOP