मंगलबार , अषोज २७, २०८३

सर्वोच्च अदालतकी वरिष्ठतम न्यायाधीश सपना प्रधान मल्लले आजदेखि कायममुकायम प्रधानन्यायाधीशका रूपमा न्यायापालिकाको नेतृत्व सम्हाल्ने भएकी छन्। प्रधानन्यायाधीश प्रकाशमानसिंह राउतले ६५ वर्षे उमेर हदका कारण मंगलबार अवकाश पाएपछि मल्लले वरिष्ठताका आधारमा स्वतः सर्वोच्च अदालतको नेतृत्व सम्हाल्न लागेकी हुन् ।

राउत २०८१ असोज २० गते प्रधानन्यायाधीश नियुक्त भएका थिए। त्यसको आठ वर्षअघि उनी सर्वोच्च अदालतमा न्यायाधीश नियुक्त भएका थिए। वरिष्ठतम न्यायाधीश मल्ल कायममुकायम प्रधानन्यायाधीश बनेसँगै नेपालको न्यायपालिकामा ऐतिहासिक निरन्तरता थपिने भएको छ। उनी नेपालको दोस्रो महिला प्रधानन्यायाधीश बन्ने बाटोमा छन्। यसअघि सुशीला कार्की नेपालकै पहिलो महिला प्रधानन्यायाधीश बनेकी थिइन्।

संविधानको धारा २८४ (३) अनुसार प्रधानन्यायाधीशले अवकाश पाउनुभन्दा कम्तीमा एक महिनाअघि नै संवैधानिक परिषद्ले नयाँ प्रधानन्यायाधीशको नाम राष्ट्रपतिसमक्ष सिफारिस गर्नुपर्ने व्यवस्था छ तर पूर्वप्रधानमन्त्री कार्कीले परिषद् बैठक नबोलाउँदा उक्त संवैधानिक प्रावधानअनुसार सिफारिस भएको छैन। अब प्रधानमन्त्री तथा संवैधानिक परिषद्का अध्यक्ष बालेन्द्र शाहले परिषद् बैठक बोलाएर नयाँ प्रधानन्यायाधीश सिफारिस नगरेसम्म सर्वोच्च अदालत कायममुकायम नेतृत्वमै चल्नेछ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

डार्विनको ‘जुनून’लाई तीन प्रतिष्ठित अवार्ड, ‘रेस्टुरेन्ट अफ द इयर’ सहित ठूलो सफलता

१

Darwin Sri Sithy Vinayakar Temple to Host Inaugural Annual Festival

२

अस्ट्रेलियाको नर्दर्न टेरिटोरी संसद् भवनमा अक्टोबर १६ मा नेपालीका लागि दशैं रिसेप्सन

३

नेपालमा बाढीपहिरोमा ज्यान गुमाउनेप्रति एनटीकी मुख्यमन्त्री फिनोच्चियारोको शोक

४

डार्विन CBD मा प्रहरीमाथि चक्कु प्रहार, १४ वर्षीया किशोरी पक्राउ

५

Darwin’s Unique Auto Tech Community Raises NPR 459,500 for Nepal Flood Relief

६


TOP