मंगलबार , बैसाख २९, २०८३
काठमाडौं, १५ फागुन । रास्वपाले आज साँझ ‘नेपाल प्रेसमा प्रकाशित पार्टीका सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ नेता बालेन शाहको संयुक्त हस्ताक्षर भनी भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई सम्बोधन गरेर लेखिएको भनिएको पत्र र सो सम्बन्धी समाचारप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।

रास्वपाको तर्फबाट विदेश विभाग प्रमुख शिशिर खनालले एक वक्तव्य निकालेर उक्त समाचारप्रति ध्यानाकार्षण भएको जनाएका हुन् । उनले सार्वजनिक गरिएको उक्त पत्र पूर्णतः नक्कली, किर्ते र कपोलकल्पित रहेको स्पष्ट पारेका छन् । उनले पार्टीका दुई जिम्मेवार व्यक्तिहरूको नाम जोडेर परराष्ट्र सम्बन्ध जस्तो संवेदनशील विषयमा यस्ता अनर्गल र आधारहीन भ्रम फैलाउनु अत्यन्तै निन्दनीय कार्य हो भनेक छन् ।

उनले भनेका छन्,आगामी फागुन २१ गते हुन गइरहेको आम निर्वाचनको पूर्वसन्ध्यामा राजनीतिक लाभ लिन र दुई देशबीचको द्विपक्षीय सम्बन्धमा खलल पुर्‍याउने उद्देश्यले यस्ता प्रायोजित प्रचारबाजी गरिएको स्पष्ट देखिन्छ। अतः हामी सम्पूर्ण सञ्चारकर्मी, पत्रकार मित्रहरू तथा सञ्चार गृहहरूलाई यस्ता संवेदनशील र राष्ट्रिय महत्त्वका विषयमा समाचार सम्प्रेषण गर्नुअघि तथ्यको गम्भीर जाँचबुझ गर्न र जिम्मेवार बन्न हार्दिक अनुरोध गर्दछौं। द्विपक्षीय सम्बन्ध र सामाजिक सदभावमा आँच आउने खालका कुनै पनि सामग्रीलाई स्थान नदिन हामी आग्रह गर्दछौं।

खनालले आम सर्वसाधारणलाई पनि निर्वाचनको मुखमा फैलाइएका यस्ता फेक न्यूज र भ्रामक प्रचारको पछि नलाग्न र सचेत रहन पनि अपिल गरेका छन् । उनले भनेका छन्,”यस्ता अवाञ्छित गतिविधि गर्नेहरूमाथि कानुनी कारबाहीको प्रक्रिया अगाडि बढाउन सम्बन्धित निकायको ध्यानाकर्षण गराइन्छ। सत्य र तथ्यको पक्षमा उभिनु हामी सबैको साझा दायित्व हो।”

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

Liverpool South Ward उपनिर्वाचनमा नेपाली समुदायका अगुवा देव बहादुर गुरुङको उम्मेदवारी

Australia मा नेपाली Gen-Z सहिदहरूलाई सम्मान र नयाँ नेतृत्वलाई बधाई कार्यक्रम सम्पन्न

NRNA NT Youth Forum Multicultural Cup 2026 सम्पन्न, Northern Nepalese FC च्याम्पियन

डार्विनमा २९३ नेपालीले पासपोर्ट नवीकरण गरे

डार्विनमा “साउन्ड अफ नेपाल” भव्य रूपमा सम्पन्न, ७०० भन्दा बढी दर्शकको सहभागिता

डार्विनमा “साउन्ड अफ नेपाल” कन्सर्ट: सबिन राई एण्ड द फारोको सांगीतिक धमाका हुने


TOP