बुधबार , असार १७, २०८३

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एवं पूर्व गृहमन्त्री रवि लामिछानेविरुद्धको सम्पत्ति शुद्धीकरण र संगठित अपराधको मुद्दा फिर्ता लिने निर्णय भएको छ । महान्यायाधिवक्ताको कार्यालयले लामिछानेविरुद्ध विभिन्न अदालतमा विचाराधीन रहेको संगठित अपराध र सम्पत्ति शुद्धीकरणको मुद्दा फिर्ता लिन सम्बन्धित सरकारी वकिलको कार्यालयलाई स्वीकृति दिएको हो ।

महान्यायाधिवक्ता कार्यालयको यो निर्णयसँग काठमाडौं, रुपन्देही, पर्सा, कास्कीलगायतका सरकारी वकिलको कार्यालयले रास्वपा सभापति लामिछानेविरुद्ध लगाइएको सम्पत्ति शुद्धीकरण र संगठित अपराधको मुद्दा फिर्ता लिने छन् । लामिछानेले सम्पत्ति शुद्धीकरण र संगठित अपराधको मुद्दा फिर्ता लिइदिन महान्यायाधिवक्ताको कार्यालयमा निवेदन दिएका थिए ।

संगठित अपराध र सम्पत्ति शुद्धीकरण मुद्दा फिर्ता भएसँग लामिछानेको सहकारी ठगी मुद्दामात्रै बाँकी रहने छ । संगठित अपराध र सम्पत्ति शुद्धीकरण अभियोग फिर्ता लिइएको खण्डमा लामिछानेले आसन्न फागुन २१ गते हुन लागेको प्रतिनिधिसभा निर्वाचन जितेर संसद् छिर्ने बाटो खुल्ने छ । संगठित अपराध र सम्पत्ति शुद्धीकरण मुद्दा विचाराधीन रहेको अवस्थामा भने उनले चुनाव जिते पनि संसद् छिर्न पाउने छैनन् । संगठित अपराध र सम्पत्ति शुद्धीकरण मुद्दा विचाराधीन रहेको अवस्थामा चुनाव जिते पनि उनको पद स्वतः निलम्बनमा रहने कानूनी व्यवस्था रहेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

डार्विनमा जुन १३ मा हुँदै ‘नेपाल महोत्सव २०२६’, मे ३० मा सामुदायिक परामर्श कार्यक्रम

SAFF फुटसलमा उत्कृष्ट प्रदर्शन गर्ने राष्ट्रिय खेलाडीलाई नगदसहित सम्मान

नेपाल महोत्सव २०२६ सम्बन्धी सामुदायिक परामर्श कार्यक्रम सम्पन्न

डार्विन र ग्रेटर डार्विन क्षेत्रमा खतरनाक लामखुट्टेबाट सर्ने रोग पुष्टि

१० हजारभन्दा बढीको सहभागितासहित डार्विनमा भव्य रूपमा सम्पन्न भयो नेपाल फेस्टिभल २०२६

आजको राशिफल वि.सं. २०८३ ज्येष्ठ १५ गते शुक्रवार: श्रीदेवकाे कृपाले यी राशिहरूकाे चम्किनेछ भाग्य


TOP