मंगलबार , बैसाख २९, २०८३

नेपाल भलिबल एशोसियशन अष्ट्रेलिया र गण्डकी प्रदेश भलिबल संघका बिभिन्न पदाधिकारीहरु बीच हिजो पौष ६ गते पोखरा रंग़शाला स्थित संघको कार्यालयमा औपचारिक भेटवार्त सम्पन्न भएको छ। संघका बर्तनमा कार्यवहाक अध्यक्ष राजेन्द्र जिसिको अध्यक्षतामा भएको उक्त कार्यक्रमलाई महासचीव टहल सिंह थापाले सन्चालन गरेका थिए। भेटवार्तामा अष्ट्रेलियाको तर्फबाट एशोसियशनका अध्यक्ष दिपक क्षेत्री र सल्हाकार चन्द्र प्रकाश गुरुंग सहभागी थिए भने संघको तर्फ बाट बिभिन्न पदाधिकारीहरु र साथमा प्रदेश टिमका मुख्य प्रशिक्षक रामेशको साथै अन्य भलिबल प्रेमी हरुको उपस्थिति थियो। घर बिदामा बिदेशबाट आएका भलिबल प्रेमीहरु संग संघका गतिबिधि र दोहोरो सम्बन्ध प्रगाड बनाउने उद्धेश्यले आयोजना गरिएको उक्त भेटवार्तामा मकाउ भलिबल संघ नेपालको अध्यक्ष नरेश गुरुंग पनि सहभागी थिए।


भेंटवार्ताको क्रममा महासचीव थापाले संघको बर्तमान गतिबिधि र अवस्थावारे छर्लंग पार्दै आउदै गरेको NVA कपमा गण्डकी प्रदेश टीम सहभागी नहुने कारण पनि छर्लंग पार्नुभयो।गण्डकीमा उत्कृष्ट र अब्बल खेलाडीहरु प्रशस्त हुदा हुदैपनि राष्ट्रीय टीम छनौटमा कुनै खेलाडी पनि नपर्नु ठुलो अन्याय भएको र यसबारे बारम्बार हरतरहले सम्बन्धित निकायलाई ध्यानाकर्षण गर्दापनि कुनै चासो नलिएपछि यसपटक NVA मा टिम दर्ता नगर्न बाध्य भएको संघको भनाई छ। पोखरामै हुने ठुलो धनराशीको पुरुस्कार भएको टाईगर कप आगमी माघ ९ बाट सुरुहुने हुदा अहिले गण्डकी प्रदेशटिम यसैको तयारीमा केन्द्रीत छ।
भेंटवार्तामा बोल्दै नेपाल भलिबल एशोसियशन अष्ट्रेलियाका अध्यक्ष दिपक क्षेत्रीले हाल नेपालका धेरै राष्ट्रीय खेलाडीहरु अष्ट्रेलियामा रहेको बताउनु भयो र उनीहरुलाई बिभिन्न टीमहरुमा बॉडेर सन्तुलित रुपले राखिएको जानकारी दिनु भयो। गण्डकी प्रदेश भलिबल संघ संग आफु जोडिन पाउदा खुशी भएको र संघलाई भबिष्यमा आफु र एशोसियनको तर्फबाट सक्दो सहयोगको लागि प्रतिबद्ध हुने बताउनु भयो। त्यसैगरि ए़शोसियशनका सल्लाकार तथ भलबल प्रशिक्षक चन्द्रप्रकाश गुरुगले आफ्नो नेपाल देखि अष्ट्रेलुया सम्मको भलिबलको अनुभव बताउदै आर्थिक सहयोगमा मात्र सम्बन्ध नराखी रेफ्री तथा प्रंशिक्षक क्लिनिक, खेलाडीहरुलाई स्पोर्ट्समेनसीप आचरण आदि सम्बन्धी परस्पर आदन प्रदान गर्नु पर्ने शुझाव दिनु भयो। त्यसैगरि गण्डकी प्रदोश टिमलाई आगमी खेलहरुमा आवश्यक परेको खण्डमा अष्ट्रेलियाबाट खेलाडी पठाउने तर्फ पनि पहल गरिने बताए। मकाउ अध्यक्ष नरेश गुरुंगले पनि आफ्नो तर्फबाट गण्डकीलाई सहयोग गरिने बचन दिदै यस छलफलमा भागलिन पाउदा खुशी लागेको र संघ प्रति भाभरी रहेको बताउनु भयो।
नेपाल देखि बिदेश सम्म हाम्रो राष्ट्रिय खेल भलिबलको लागि बिभिन्न किसिमले योगदान पुराउदै आएको हुदॉ उच्च कदरको साथ गण्डकी प्रदेश भलिबलको तर्फबाट अध्यक्ष राजेन्द्र जि सि ले तिनैजनालाई फुलगुच्छा, खादा र प्रशंसा पत्र बाट सम्मान समेत गरियो। आफुहरुलाई घरबिदा आऊदा समेत यस्तो सम्मान सहित संझेको तीनैजनाले संयुक्त रुपमा कृतज्ञता प्रकट गर्दै गण्डकी प्रदेश भलिबलको उत्तरोत्तर प्रगति र टाईगरपको लागि बिजयको शुभकामना ब्यक्त गरे।
पुराखबर अनलाईन पनि गण्डकी प्रदेश भलिबल टिमलाई प्रगति र बिजय शृंखलाको शुभकामना ब्यक्त गर्दछ ।

पुराखबर संबाददाता
पोखरा

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

Liverpool South Ward उपनिर्वाचनमा नेपाली समुदायका अगुवा देव बहादुर गुरुङको उम्मेदवारी

Australia मा नेपाली Gen-Z सहिदहरूलाई सम्मान र नयाँ नेतृत्वलाई बधाई कार्यक्रम सम्पन्न

NRNA NT Youth Forum Multicultural Cup 2026 सम्पन्न, Northern Nepalese FC च्याम्पियन

डार्विनमा २९३ नेपालीले पासपोर्ट नवीकरण गरे

डार्विनमा “साउन्ड अफ नेपाल” भव्य रूपमा सम्पन्न, ७०० भन्दा बढी दर्शकको सहभागिता

डार्विनमा “साउन्ड अफ नेपाल” कन्सर्ट: सबिन राई एण्ड द फारोको सांगीतिक धमाका हुने


TOP