मंगलबार , बैसाख २९, २०८३

साहित्यकार सपना आचार्यको दोस्रो पुस्तक “उनले छोडेको उज्यालो” आज पौष ७ गते आमाको वार्षिक पुण्यतिथिको अवसर पारेर विमोचन गरिएको छ।
बुटवलमा आयोजित कार्यक्रममा कृतिको विमोचन लेखिकाका पिता कृष्णलाल आचार्यको हातबाट सम्पन्न भयो।


भावनात्मक र अर्थपूर्ण ढंगले आयोजना गरिएको उक्त कार्यक्रममा बुटवलस्थित मानव सेवा आश्रममा आश्रित वृद्ध आमा–बुबालाई भोजन गराएर पुस्तक सार्वजनिक गरिएको हो।
यसअघि सपना आचार्यको पहिलो उपन्यास “मलिलो माटो” २०७८ साल फागुन ७ गतेमै प्रकाशित भएको थियो।
सामाजिक यथार्थ र मानवीय संवेदनामा आधारित उक्त कृतिपछि “उनले छोडेको उज्यालो” मार्फत आचार्यले झन् व्यक्तिगत र आत्मपरक विषयलाई साहित्यिक रूप दिएकी छन्।
“उनले छोडेको उज्यालो” मूलतः आमाको निधनपछिको शोक, रिक्तता र स्मृतिमा आधारित संस्मरण हो। कृतिमा लेखकले भोगेको व्यक्तिगत पीडालाई मात्र होइन, आमाछोरीबीचको सम्बन्ध, मातृत्वको गहिरो प्रभाव र जीवन–मृत्युको शाश्वत सत्यलाई भावनात्मक तर संयमित भाषामा प्रस्तुत गरिएको छ।
आमा भौतिक रूपमा नहुँदा पनि उहाँले छोडेको संस्कार, ममता र मूल्यबोध कसरी सन्तानको जीवनमा उज्यालो बनेर रहिरहन्छ भन्ने पक्ष कृतिको केन्द्रमा छ।
पुस्तकको भाषा सरल, आत्मीय र संवेदनशील छ। घटनाभन्दा अनुभूतिलाई प्राथमिकता दिइएकाले पाठक भावनात्मक रूपमा कथासँग जोडिन पुग्छ। शोकको अँध्यारोभित्र पनि आशा, चेतना र मानवीय करुणाको उज्यालो खोज्नु यस कृतिको मुख्य विशेषता हो।
आमाको स्मृतिलाई केवल विगतको पीडाका रूपमा होइन, जीवनलाई अघि बढाउने शक्ति र प्रेरणाका रूपमा प्रस्तुत गर्नु कृतिको उल्लेखनीय पक्ष मान्न सकिन्छ।
मानव सेवा आश्रमका वृद्ध आमाबुबालाई भोजन गराएर पुस्तक सार्वजनिक गर्नु स्वयं कृतिको भावभूमिसँग मेल खाने सांकेतिक कार्य हो।
यसले “उनले छोडेको उज्यालो” केवल साहित्यिक कृति मात्र नभई, मानवीय संवेदना र सामाजिक उत्तरदायित्वको सन्देश बोकेको पुस्तक भएको पुष्टि गर्दछ।
सुन्दर कभरमा प्रकाशित भएको उपन्यास आज देखि बजारमा उपलब्ध छ र पुस्तकको मुल्य ५३३ राखिएको छ |

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

Liverpool South Ward उपनिर्वाचनमा नेपाली समुदायका अगुवा देव बहादुर गुरुङको उम्मेदवारी

Australia मा नेपाली Gen-Z सहिदहरूलाई सम्मान र नयाँ नेतृत्वलाई बधाई कार्यक्रम सम्पन्न

NRNA NT Youth Forum Multicultural Cup 2026 सम्पन्न, Northern Nepalese FC च्याम्पियन

डार्विनमा २९३ नेपालीले पासपोर्ट नवीकरण गरे

डार्विनमा “साउन्ड अफ नेपाल” भव्य रूपमा सम्पन्न, ७०० भन्दा बढी दर्शकको सहभागिता

डार्विनमा “साउन्ड अफ नेपाल” कन्सर्ट: सबिन राई एण्ड द फारोको सांगीतिक धमाका हुने


TOP