बुधबार , असार १७, २०८३

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका पूर्व अध्यागमन प्रमुख सहसचिव तीर्थराज भट्टराई भिजिट भिसाको आवरणमा मानव तस्करी र घुस–घोटाला चलाएको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा मुद्दा दायर गरेको छ।

अख्तियारले भट्टराईसहित ७ जना र २ ट्राभल एजेन्सीलाई प्रतिवादी बनाउँदै
उनमाथि ७९ लाख ८० हजार रुपैयाँ घुस र
१ करोड ३ लाख ७९ हजार ६ सय रुपैयाँ मनी लाउन्ड्रिङको बिगो दाबी गरेको छ।

अख्तियारले पत्ता लगाएका मुख्य ५ बुँदा

१) कागजात लुकाएर घुस
यात्रुका आवश्यक कागजात प्रणालीमा अपलोड नगरी
हैरानी दिँदै घुस असुल्ने गरेको प्रमाण।

२) मोबाइल र ‘पार्सल’मा घुस
बिचौलियासँग मिलेर रेस्टुरेन्टमै
मोबाइल र नगद **‘पार्सल’**को नाममा उठाउने चलन।

३) पुरुष–महिला छुट्टै दर
डायरीमा कोड भाषा:
पुरुष ०.२ = २०,०००
महिला ०.४ = ४०,०००
छाप लगाउने कामलाई ‘पुक्का’, समूहमै आफूहरूलाई ‘लाइन वाला’ भन्ने गर्थे।

४) घुसको रकम घरजग्गामा
भट्टराईले घुसबाट उठेको पैसा
जग्गा कारोबारीमार्फत लगानी गरी
सम्पत्ति शुद्धीकरण गरेको प्रमाण भेटियो।

५) २५७ ठगिएका यात्रुको उजुरी
घुस तिरेर विदेश पुगेका र त्यहाँ ठगिएका
२५७ यात्रु अख्तियारमा उजुरी लिएर पुगे।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

डार्विनमा जुन १३ मा हुँदै ‘नेपाल महोत्सव २०२६’, मे ३० मा सामुदायिक परामर्श कार्यक्रम

SAFF फुटसलमा उत्कृष्ट प्रदर्शन गर्ने राष्ट्रिय खेलाडीलाई नगदसहित सम्मान

नेपाल महोत्सव २०२६ सम्बन्धी सामुदायिक परामर्श कार्यक्रम सम्पन्न

डार्विन र ग्रेटर डार्विन क्षेत्रमा खतरनाक लामखुट्टेबाट सर्ने रोग पुष्टि

१० हजारभन्दा बढीको सहभागितासहित डार्विनमा भव्य रूपमा सम्पन्न भयो नेपाल फेस्टिभल २०२६

आजको राशिफल वि.सं. २०८३ ज्येष्ठ १५ गते शुक्रवार: श्रीदेवकाे कृपाले यी राशिहरूकाे चम्किनेछ भाग्य


TOP