शनिबार , भाद्र १३, २०८३

नेकपा माओवादी केन्द्रका पूर्वउपमहासचिव जनार्दन शर्मालाई गृह जिल्ला रुकुमपश्चिममा कालो झण्डा देखाइएको छ। आइतबार बिहान गृह जिल्ला आएका शर्मालाई नेपाली कम्युनिस्ट पार्टीका कार्यकर्ताले कालो झण्डा देखाएर विरोध गरेका हुन्।

शर्माले नेकपा माओवादी केन्द्रबाटअलग भएर प्रगतिशील लोकतान्त्रिक पार्टी गठन गरेका छन्। प्रचण्डसँग रुष्ट शर्मा नेकपा गठन हुँदा साे पार्टीबाट अलग भएका थिए।

उनी पार्टी गठन गरेपछि पहिलोपटक गृहजिल्ला रुकुमपश्चिम पुगेका हुन्

शर्मालाई आज बिहान उनकै पुरानाे पार्टी माओवादी केन्द्र (हाल नेकपा) का कार्यकर्ताले कालो झण्डा देखाएर विरोध गरेका हुन्।

शर्मा काठमाडौँबाट नेपाल एयरलाइन्सको जहाज चढेर रुकुमपश्चिमको सदरमुकाम खलंगामा रहेको मुसिकोट विमानस्थलमा ओर्लिएका थिए। उनलाई विमानस्थल नजिकै पुगेर नेकपामा कार्यकर्ताले कालोझण्डा देखाएर बिराेध गरेका हुन्।

जिल्ला प्रहरी कार्यालय रुकुमपश्चिमका अनुसार हाल शर्मा आफ्नै निजी निवासमा कार्यकर्तासँग भेटघाटमा रहेका छन्। आज दिउँसो पार्टी कार्यालयमा प्रगतिशील पार्टीको कार्यक्रम राखिएको साे पार्टीले जनाएको छ।

पार्टी फुटाएर नयाँ पार्टी गठन गरेको बिरोधमा शर्माका पुराना कार्यकर्ताले कालाे झण्डा देखाएर बिराेध जनाएका हुन्।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

नेपाली मूलका बिबेक लुइटेल नर्दन टेरिटोरीको सर्वोच्च अदालतमा वकिलका रूपमा प्रवेश

डार्विनमा ‘नुमियो अकाउन्टेन्ट्स’को औपचारिक सुरुवात, नेपाली–अष्ट्रेलियन व्यवसायीलाई लक्षित सेवा

बेलायतमा नेपाली चेली सरिना घलेलाई स्वर्ण पदक

NRNA-NT T-20 क्रिकेट प्रतियोगिता २०२६ : आठ टोली सहभागी, लिग खेल तालिका सार्वजनिक

नान्टको नयाँ कार्यसमितिलाई शपथ, अध्यक्ष भने संवैधानिक प्रक्रियाबाट चयन गरिने

KBA ग्लोबल क्रिकेट क्लब बन्यो NRNA-NT T20 Cup 2026 को च्याम्पियन


TOP