बुधबार , असार १७, २०८३

दुर्गा प्रसाईंले आफूलाई देशको नेतृत्वको मोह नभएको बताएका छन् । आज प्रधानसेनापति अशोकराज सिग्देलसँगको भेटवार्तामा देशको पछिल्लो अवस्था र आगामी बाटोबारे गहिरो छलफल भएको उल्लेख गर्दै यस्तो स्पष्ट पारेका छ्न । उनले आफूलाई नेतृत्वको मोह नभएको र देशलाई जसरी निकास मिल्छ त्यही नै आफ्नो प्राथमिकता रहेको बताए ।

जेन जी पुस्ताको आवाजलाई सम्मान गर्दै आफू काठमाडौंका मेयर बालेन शाह वा पूर्व प्रधान न्यायाधीश शुशिला कार्की वा अरु जोसुकै तयार भए उनीहरूको नेतृत्व स्वीकार्न तयार रहेको पनि प्रसाईंले स्पष्ट पारेका छन् । तर, कोही पनि अगाडि नबढ्दा पिठ्युँ देखाएर भाग्नु आफ्नो स्वभाव नभएको उनको भनाई छ । आफू जुनसुकै परिस्थितिको लागि पनि तयार रहेको उनले जानकारी दिए ।

आज दिनभर प्रधानसेनापति असोकराज सिग्देलज्यूसँग देशको पछिल्लो अवस्था र आगामी बाटोबारे गहिरो छलफल भयो।

यस लामो छलफलपछिको मेरो निष्कर्ष स्पष्ट छ—

“मलाई नेतृत्वको मोह छैन।”

देशलाई जसरी निकास मिल्छ, त्यही नै मेरो प्राथमिकता हो।

जेन-जी पुस्ताको आवाजलाई सम्मान गर्दै म बालेनजी वा शुशिला कार्कीजी, जोसुकै तयार छन्, उनीहरूको नेतृत्व स्वीकार्न तयार छु।

तर, कोही पनि अगाडि नबढ्दा पिठ्युँ देखाएर भाग्नु मेरो स्वभाव होइन।

म जुनसुकै परिस्थितिको लागि पनि तयार छु।

आजको बिषम घडीमा म सस्तो राजनीति र टिकाटिप्पणीमा लाग्दिनँ।

अब चाहिएको कुरा हो— गम्भीरता, राष्ट्रिय एकता र रचनात्मक बाटोको खोज।

सहज निकासका लागि सबैको साथ र सुझाव अपरिहार्य छ।

यो हाम्रो पुस्ताको मात्र होइन, सम्पूर्ण राष्ट्रको भविष्यको प्रश्न हो।

अब समय आएको छ— भावनाभन्दा माथि उठेर, व्यक्तिगत स्वार्थभन्दा पर सोचेर,

देशलाई बाँच्ने बाटो देखाउने हाम्रो साझा जिम्मेवारी पूरा गर्न।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

डार्विनमा जुन १३ मा हुँदै ‘नेपाल महोत्सव २०२६’, मे ३० मा सामुदायिक परामर्श कार्यक्रम

SAFF फुटसलमा उत्कृष्ट प्रदर्शन गर्ने राष्ट्रिय खेलाडीलाई नगदसहित सम्मान

नेपाल महोत्सव २०२६ सम्बन्धी सामुदायिक परामर्श कार्यक्रम सम्पन्न

डार्विन र ग्रेटर डार्विन क्षेत्रमा खतरनाक लामखुट्टेबाट सर्ने रोग पुष्टि

१० हजारभन्दा बढीको सहभागितासहित डार्विनमा भव्य रूपमा सम्पन्न भयो नेपाल फेस्टिभल २०२६

आजको राशिफल वि.सं. २०८३ ज्येष्ठ १५ गते शुक्रवार: श्रीदेवकाे कृपाले यी राशिहरूकाे चम्किनेछ भाग्य


TOP