शनिबार , भाद्र १३, २०८३

रौतहट — रौतहट सदरमुकाम गौरमा शनिबार राति सुटकेसभित्र भेटिएको शवको पहिचान खुलेको छ। मृतक माधव नारायण नगरपालिका–२ महादेवपट्टीकी २६ वर्षीया रुवीकुमारी साह रहेको जिल्ला प्रहरी कार्यालय रौतहटका डीएसपी राजु कार्कीले जानकारी दिएका छन्।

गौर–सिरसिया सडकखण्डस्थित दिव्यज्योति स्कुल नजिकै स्थानीयले राति करिब ९ बजे शंकास्पद सुटकेस देखेपछि प्रहरीलाई खबर गरेका थिए। बम हुनसक्ने आशंकामा प्रहरीले रातभर घटनास्थल सुरक्षित राखी आइतबार बिहान मात्र बम डिस्फोजल टोलीसहित सुटकेस खोलेको थियो।

खोल्दा भित्र शव फेला परेको थियो। प्रारम्भिक अनुमान अनुसार घाँटी कसेर हत्या गरिएको हुनसक्ने प्रहरीले जनाएको छ।

शव पोस्टमार्टमका लागि जिल्ला अस्पताल गौरमा राखिएको छ।

स्थानीयका अनुसार रुवीकुमारीको विवाह भारतको मुजफ्फरपुरमा भए पनि पछिल्लो समय उनी माइती घरमै बस्दै आएकी थिइन्। पतिसँगको सम्बन्धबारे हालसम्म स्पष्ट जानकारी प्राप्त भएको छैन।

प्रहरीले परिवारलाई अनुसन्धानका लागि बोलाएको छ र घटनाबारे थप अनुसन्धान भइरहेको जनाएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

नेपाली मूलका बिबेक लुइटेल नर्दन टेरिटोरीको सर्वोच्च अदालतमा वकिलका रूपमा प्रवेश

डार्विनमा ‘नुमियो अकाउन्टेन्ट्स’को औपचारिक सुरुवात, नेपाली–अष्ट्रेलियन व्यवसायीलाई लक्षित सेवा

बेलायतमा नेपाली चेली सरिना घलेलाई स्वर्ण पदक

NRNA-NT T-20 क्रिकेट प्रतियोगिता २०२६ : आठ टोली सहभागी, लिग खेल तालिका सार्वजनिक

नान्टको नयाँ कार्यसमितिलाई शपथ, अध्यक्ष भने संवैधानिक प्रक्रियाबाट चयन गरिने

KBA ग्लोबल क्रिकेट क्लब बन्यो NRNA-NT T20 Cup 2026 को च्याम्पियन


TOP