मंगलबार , बैसाख २९, २०८३

काठमाडौं । नेपाल सरकारले भारत–चीनबीच हालै लिपुलेक नाका प्रयोगबारे भएको सहमतिप्रति आफ्नो अडान प्रष्ट पार्दै लिम्पियाधुरा, लिपुलेक र कालापानी नेपालको अभिन्न भूभाग रहेको दोहोर्‍याएको छ।

परराष्ट्र मन्त्रालयले बुधबार सार्वजनिक गरेको विज्ञप्तिमा नेपालको संविधानअनुसार जारी आधिकारिक नक्सामा महाकाली नदीपूर्वका लिम्पियाधुरा, लिपुलेक र कालापानी नेपालको अभिन्न भूभाग समावेश भइसकेको स्पष्ट उल्लेख गरिएको छ।

मन्त्रालयले जारी गरेको तीन बुँदे विज्ञप्तिमा भनिएको छ, “नेपाल सरकारले यसअघि नै भारत सरकारलाई सो क्षेत्रमा सडक निर्माण, विस्तार, सीमा व्यापार जस्ता कुनै पनि गतिविधि नगर्न आग्रह गर्दै आएको छ। यस विषयमा मित्र राष्ट्र चीनलाई समेत अवगत गराइसकिएको छ।”

यस्तै, नेपालले कूटनीतिक माध्यममार्फत समस्या समाधान गर्न तयार रहेको जनाएको छ। वक्तव्यमा भनिएको छ, “नेपाल–भारतबीचको ऐतिहासिक सम्बन्ध, तथ्य, नक्सा र प्रमाणका आधारमा सीमा विवादलाई दुवै देशबीच कूटनीतिक माध्यमबाट समाधान गर्न नेपाल सरकार प्रतिबद्ध छ।”

यसअघि भारत भ्रमणमा रहेका चिनियाँ विदेशमन्त्री वाङ यी र भारतीय उच्च अधिकारीबीच मंगलबार लिपुलेक नाका प्रयोगबारे सहमति भएको भारतीय मिडियाले जनाएका थिए। वाङ यी भारतीय प्रमुख सुरक्षा सल्लाहकार अजित डोभलको निमन्त्रणामा दिल्ली पुगेका थिए।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

Liverpool South Ward उपनिर्वाचनमा नेपाली समुदायका अगुवा देव बहादुर गुरुङको उम्मेदवारी

Australia मा नेपाली Gen-Z सहिदहरूलाई सम्मान र नयाँ नेतृत्वलाई बधाई कार्यक्रम सम्पन्न

NRNA NT Youth Forum Multicultural Cup 2026 सम्पन्न, Northern Nepalese FC च्याम्पियन

डार्विनमा २९३ नेपालीले पासपोर्ट नवीकरण गरे

डार्विनमा “साउन्ड अफ नेपाल” भव्य रूपमा सम्पन्न, ७०० भन्दा बढी दर्शकको सहभागिता

डार्विनमा “साउन्ड अफ नेपाल” कन्सर्ट: सबिन राई एण्ड द फारोको सांगीतिक धमाका हुने


TOP