शनिबार , भाद्र १३, २०८३

सहकारी ठगी र संगठित अपराध मुद्दामा थुनामा रहेका रवि लामिछानेलाई नख्खु कारागार ल्याइएको छ । आज (शनिबार) बुद्ध एयरको जहाजमार्फत उनलाई भैरहवाबाट नख्खु कारागार ल्याइएको हो । सहकारी ठगी र संगठित अपराध मुद्दामा लामिछाने रूपन्देही जिल्ला अदालतबाट एक करोड धरौटीमा छुटेका थिए । एक करोड धरौटीमा लामिछानेलाई छाड्ने जिल्ला अदालतको आदेश उच्च अदालतले बदर गरिदिएपछि उनी पुर्पक्षका लागि जिल्ला कारागार रुपन्देही, भैरहवामा थुनामा थिए ।

लामिछानेले कारागार सरुवाका लागि जिल्ला अदालतमा निवेदन दिएका थिए । अदालतको आदेशपछि पनि उनको कारागार सरुवामा ढिलासुस्ती भएको भन्दै चर्को आलोचना भएको थियो । कारागार व्यवस्था विभागले हिजो लामिछानेको सरुवा स्वीकृत गरेको थियो ।

लामिछानेलाई स्वागत गर्न समर्थकहरु विमानस्थल र नख्खु कारागारमा उपस्थित भएका थिए । उनीहरुले लामिछानेको पक्षमा चर्को नाराबाजी गरेका थिए । उनीहरुले ‘रवि दाइ, हाई हाई, नडराउ रवि दाई, जनता तिम्रो साथमा छ’ लगायतका नाराबाजी गरेका थिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

नेपाली मूलका बिबेक लुइटेल नर्दन टेरिटोरीको सर्वोच्च अदालतमा वकिलका रूपमा प्रवेश

डार्विनमा ‘नुमियो अकाउन्टेन्ट्स’को औपचारिक सुरुवात, नेपाली–अष्ट्रेलियन व्यवसायीलाई लक्षित सेवा

बेलायतमा नेपाली चेली सरिना घलेलाई स्वर्ण पदक

NRNA-NT T-20 क्रिकेट प्रतियोगिता २०२६ : आठ टोली सहभागी, लिग खेल तालिका सार्वजनिक

नान्टको नयाँ कार्यसमितिलाई शपथ, अध्यक्ष भने संवैधानिक प्रक्रियाबाट चयन गरिने

KBA ग्लोबल क्रिकेट क्लब बन्यो NRNA-NT T20 Cup 2026 को च्याम्पियन


TOP