शनिबार , भाद्र १३, २०८३

गृहमन्त्री रमेश लेखकले रुपन्देही कारागारमा रहेका रास्वपाका सभापति रवि लामिछानेलाई न्यूनतम सुविधाबाट बञ्चित नगरिएको स्पष्ट पारेका छन् । आज (बुधबार) बसेको प्रतिनिधि सभाअन्तर्गतको कानुन, न्याय तथा मानव अधिकार समितिको बैठकमा बोल्दै उनले यस्तो दाबी गरेका हुन् ।

मानवअधिकारको टोलीले कारागारको स्थलगत अध्ययन गरेको र आफ्नो धारणा सार्वजनिक गरेको अवस्थामा गृहमन्त्री लेखकले आज संसदीय समितिमा यस्तो प्रष्ट पारेका हुन् । उनले लामिछानेलाई मानवोचित र सबै कैदीहरूले बन्दीहरूले पाइरहेको सुविधा दिइएको दाबी गरे ।

यस्तै, लामिछानेलाई कारागार सार्ने कुरा पनि अघि बढेको जानकारी दिए । उनले भने,‘कारागार सार्ने कुरा अघि बढेको छ ।’ आजमात्रै रविपत्नी निकिता पौडेलले गृहमन्त्री लेखकलाई नै सम्बोधन गरेर कारागार सार्ने कुरामा पनि चलखेल गरेको भन्दै कडा आरोप लगाएकी थिईन् । उनले आफू पति लामिछानेको न्यायको लागि अन्तर्राष्ट्रिय अदालतसम्म जाने घोषणा गरेकी छिन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

नेपाली मूलका बिबेक लुइटेल नर्दन टेरिटोरीको सर्वोच्च अदालतमा वकिलका रूपमा प्रवेश

डार्विनमा ‘नुमियो अकाउन्टेन्ट्स’को औपचारिक सुरुवात, नेपाली–अष्ट्रेलियन व्यवसायीलाई लक्षित सेवा

बेलायतमा नेपाली चेली सरिना घलेलाई स्वर्ण पदक

NRNA-NT T-20 क्रिकेट प्रतियोगिता २०२६ : आठ टोली सहभागी, लिग खेल तालिका सार्वजनिक

नान्टको नयाँ कार्यसमितिलाई शपथ, अध्यक्ष भने संवैधानिक प्रक्रियाबाट चयन गरिने

KBA ग्लोबल क्रिकेट क्लब बन्यो NRNA-NT T20 Cup 2026 को च्याम्पियन


TOP