मंगलबार , बैसाख २९, २०८३

नेकपा (एमाले) का महासचिव शंकर पोखरेलले पार्टीको विधानमा दुई कार्यकाल मात्रै पदाधिकारी बन्न पाउने व्यवस्था संशोधन भइसकेको बताएका छन् । आज (आइतबार) पार्टी केन्द्रीय विभागहरूको भेलालाई केन्द्रीय कार्यालय च्यासलमा सम्बोध गर्दै उनले पार्टीको विधानमा उल्लेख रहेको ‘दुई पटक उम्मेदवार वा दुई कार्यकाल’ भन्ने प्रावधान हटाइएको बताएका हुन् ।

‘हामी जसको नेतृत्वमा पार्टीलाई हाँक्न चाहन्थ्यौं उहाँ आठौं महाधिवेशनमा पनि अध्यक्षको उम्मेदवार हुनुहुन्थ्यो । नवौंमा विजयी हुनुभयो । विधानको प्रावधानले उहाँलाई रोक्ने देखेर दुई पटक उम्मेदवार वा दुई कार्यकाल भन्ने प्रावधान संशोधन गरिएको हो,’– उनले भने ।

साथै, उनले आगामी विधान महाधिवेशनमा ७० वर्षे उमेरहद पनि हटाउने गरी प्रस्ताव लगिने बताए । उनले मुकुन्द न्यौपानेलाई पार्टी प्रवेश गराउँदा ७० वर्षे कार्यकाल हटाइएको उनले स्मरण गराए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

Liverpool South Ward उपनिर्वाचनमा नेपाली समुदायका अगुवा देव बहादुर गुरुङको उम्मेदवारी

Australia मा नेपाली Gen-Z सहिदहरूलाई सम्मान र नयाँ नेतृत्वलाई बधाई कार्यक्रम सम्पन्न

NRNA NT Youth Forum Multicultural Cup 2026 सम्पन्न, Northern Nepalese FC च्याम्पियन

डार्विनमा २९३ नेपालीले पासपोर्ट नवीकरण गरे

डार्विनमा “साउन्ड अफ नेपाल” भव्य रूपमा सम्पन्न, ७०० भन्दा बढी दर्शकको सहभागिता

डार्विनमा “साउन्ड अफ नेपाल” कन्सर्ट: सबिन राई एण्ड द फारोको सांगीतिक धमाका हुने


TOP