आइतबार , मंग्सिर १४, २०८३

युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरीले विदेश घुम्ने कार्यक्रममा भाग नदिइएको भन्दै पार्टी केन्द्रीय समिति बैठकमा गुनासो गरेका छन् । बैठकमा मन्त्रालयगत विवरण पेश गर्ने क्रममा उनले सबै मन्त्रालयलाई भाग दिइएको तर खेलकुद मन्त्रालयलाई नदिइएको भन्दै गुनासो गरेका हुन् । साथै, उनले पार्टीभित्र युवाको परिचालन चाहिनेजति गर्न नसकिएको बताए ।
युवा तथा खेलकुदमन्त्री विदेश घुम्ने कार्यक्रमलाई खेलकुद मन्त्रालयलाई भाग नदिइएको भन्दै गुनासो गरेका छन्। नेपाली कांग्रेसको जारी केन्द्रीय कार्यसमिति बैठकमा मन्त्रालयगत विवरण पेस गर्नेक्रममा उनले यस्तो गुनासो गरेका हुन्।

‘पार्टीभित्र युवाको परिचालन चाहिनेजति गर्न सकिएको छैन। सरकारसँग खेलाडी, युवा लक्षित कार्यक्रम छन्। विदेश घुम्ने कार्यक्रम छन्,’उनले भने, ‘तर सबै ठाउँमा भागबन्डा हुने खेलकुदमा किन भागबन्डा भएन?’

उनले विभिन्न ठाउँको कार्यकारी प्रमुख माओवादी केन्द्रनिकटका व्यक्ति हुँदा काम गर्न अप्ठ्यारो भएको पनि बताए।

‘राष्ट्रिय खेलकुद परिषद्, युवा परिषद्, नेपाल स्काउटमा जस्ता सबै ठाउँमा माओवादी छन्। त्यसले गर्दा काम गर्न अप्ठ्यारो भएको छ,’ उनले भने, ‘खेलकुदमा राजनीतिकसँगै सबै हस्तक्षेप भएको छ। सदस्यसचिव एक्लैले कार्यसमिति बनाइरहेका छन्।’

उनले ओलम्पिक कमिटीमा विवाद जारी रहेको पनि सुनाए। उनले अहिले ओलम्पिक कमिटीमा अहिले आफ्नो पक्षमा बहुमत जुटेको पनि बताए।

‘एनओसीमा रहेका २७ मध्य २२ जना साथीहरू हाम्रो पक्षमा आएका छन्,’ उनले भने। त्यस्तै एसियन गेम्सका लागि सहयोग नभएको भन्दै उनले नेतृत्वको ध्यानाकर्षण गराए।

‘अहिले ३० वटा खेलहरू एसियन गेम्सका लागि गएका छन्। एसियम गेम्सका लागि हाम्रै साथीहरुले सहयोग गरेनन्। ह्यान्डबल, बास्केटबल अध्यक्ष भीम गुरुङ, कराते महासंघका महासचिव दावा गुरुङले सहयोग गरेनन्’ उनले भने।

प्रतिक्रिया

सम्बन्धित खवर

  मंग्सिर १४, २०८३ आइतबार 38 Views

६औँ चेल्सी रोड रेस–२०८३ आयोजना हुँदै

ताजा अपडेट
धेरै पढिएको

डार्विनमा जनसम्पर्क समिति नर्दन टेरिटोरीको देउसी–भैलो कार्यक्रम सम्पन्न

१

नेपालदेखि अस्ट्रेलियासम्मको यात्रा: साज र विनको Unique Auto Tech राष्ट्रिय अवार्डमा फाइनलिस्ट

२

एनटीमा Aged Care सेवा कमजोर बन्दै, संघीय सांसद ल्यूक गोस्लिङले थप लगानीको प्रतिबद्धता जनाए

३

गगन थापाको नेतृत्वमा कांग्रेसको नयाँ टिम, १९ पदाधिकारीमध्ये १६ जना विशेष महाधिवेशन पक्षधर

४

डार्विनमा ANJA को सामुदायिक परामर्श तथा दसैँ शुभकामना कार्यक्रम सम्पन्न, सहयोगी संस्था र स्वयंसेवकलाई धन्यवाद

५

चाडपर्व र बाढीपहिरोको असर हेरी इन्धनको मूल्य यथावत्, निगमलाई १५ दिनमा ३ अर्ब २० करोडभन्दा बढी घाटा

६


TOP