मंगलबार , अषोज २७, २०८३

नेकपा (एकीकृत समाजवादी) का उपाध्यक्ष जगन्नाथ खतिवडाले वर्तमान सरकारको औचित्य समाप्त भइसकेको बताएका छन् । आज (बिहीबार) रिपोर्टर्स क्लब नेपालमा आयोजित साक्षत्कार कार्यक्रमलाई सम्बोधन गर्दै उनले जनता समाजवादी पार्टी (जसपा) नेपालले समर्थन फिर्ता लिएपछि राष्ट्रिय सभामा यो सरकार बहुमतसमेत गुमाएको र यसको मूल एजेण्डा संविधान संशोधन पूर्णतः असफल भएको बताएका हुन् । नेता खतिवडाले एकीकृत समाजवादी वर्तमान सरकार ढाल्ने कुरामा दृढ भएर लाग्ने पनि बताए ।

‘यो सरकारको औचित्य लगभग समाप्त भइसकेको छ । समयक्रमले यो सरकारलाई परिवर्तन गर्न अनिवार्य छ भन्ने देखाइसकेको छ । तर, कांग्रेस र एमालेको स्वार्थको घडा नफुटेसम्म परिवर्तन हुने लक्षण नदेखिएकोले नेकपा (एकीकृत समाजवादी) चाहिँ यो सरकारको तत्काल विघटन हुनुपर्ने, नयाँ सरकार बनाउनुपर्ने, बन्नुपर्ने यो कुरामा दृढ भएर लाग्ने छ, हाम्रो दृष्टिकोण त्यतातिर छ,’– उनले भने ।

नेता खतिवडाले. प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको वर्तमान सरकार गठन हुँदाको जग नै राम्रो नरहेको बताए । उनले वर्तमान सरकारले गरेको क्रियाकलाप र गतिविधिहरुले जनतालाई विश्वास भन्दा अनास्था फैलाइरहेको बताए । भ्रष्टाचार र भ्रष्टाचारीहरुलाई संरक्षण गर्नको लागि वर्तमान सरकार टिकिरहेको उनको टिप्पणी छ । कांग्रेस र एमाले दुईवटा पार्टी मिलेर सरकारमा बहुमत पुग्यो भनेर घमण्ड गरिरहेको उनले बताए । सरकारमा भएकै कारण कांग्रेस–एमाले दिनप्रतिदिन अलोकप्रिय भइरहेको उनले बताए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

डार्विनको ‘जुनून’लाई तीन प्रतिष्ठित अवार्ड, ‘रेस्टुरेन्ट अफ द इयर’ सहित ठूलो सफलता

१

Darwin Sri Sithy Vinayakar Temple to Host Inaugural Annual Festival

२

अस्ट्रेलियाको नर्दर्न टेरिटोरी संसद् भवनमा अक्टोबर १६ मा नेपालीका लागि दशैं रिसेप्सन

३

नेपालमा बाढीपहिरोमा ज्यान गुमाउनेप्रति एनटीकी मुख्यमन्त्री फिनोच्चियारोको शोक

४

डार्विन CBD मा प्रहरीमाथि चक्कु प्रहार, १४ वर्षीया किशोरी पक्राउ

५

Darwin’s Unique Auto Tech Community Raises NPR 459,500 for Nepal Flood Relief

६


TOP