मंगलबार , बैसाख २९, २०८३

नागरिक उन्मुक्ति पार्टी (नाउपा) का संरक्षक रेशम चौधरीको अध्यक्षतामा संघीय लोकतान्त्रिक मोर्चाको बैठक बसेको छ । बैठकमा पछिल्लो विकसित राजनीतिक घटनाक्रम, मोर्चाका आगामी कार्ययोजना लगायतको विषयमा छलफल भएको बताइएको छ । बैठकमा आगामी उपनिर्वाचनको बारेमा पछि छलफल भएको बताइएको छ ।

प्रतिनिधिसभाअन्तर्गत रुपन्देही क्षेत्र नं.३ मा र गण्डकी प्रदेशसभाको मनाङ क्षेत्र नं. १ (२) जनप्रतिनिधिविहीन अवस्थामा रहेको छ ।

०७९ को निर्वाचनमा रुपन्देही क्षेत्र नं.३ बाट निर्वाचित दीपक बहादुर बोहोराको निधन भएर उक्त क्षेत्रमा उपनिर्वाचन हुन लागेको हो भने गण्डकी प्रदेशसभाको मनाङ क्षेत्र नं. १ (२) बाट निर्वाचित दिपक मनाङ्गे (राजीव गुरुङ) फौजदारी मुद्दामा दोषी ठहर भएपछि उनी पदमुक्त भएका छन् ।

मोर्चाको बैठकमा यी दुई ठाउँमा हुने उपनिर्वाचनमा सहकार्यको बारेमा छलफल भएको बताइएको छ । निर्वाचन आयोगले आगामी कात्तिकमा रिक्त क्षेत्रहरुमा उपनिर्वाचन गराउने तयारी थालेको छ ।

रूपन्देही– ३ मा संघीय लोकतान्त्रिक मोर्चाको तर्फबाट नागरिक उन्मुक्ति पार्टीले दाबी गरेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

Liverpool South Ward उपनिर्वाचनमा नेपाली समुदायका अगुवा देव बहादुर गुरुङको उम्मेदवारी

Australia मा नेपाली Gen-Z सहिदहरूलाई सम्मान र नयाँ नेतृत्वलाई बधाई कार्यक्रम सम्पन्न

NRNA NT Youth Forum Multicultural Cup 2026 सम्पन्न, Northern Nepalese FC च्याम्पियन

डार्विनमा २९३ नेपालीले पासपोर्ट नवीकरण गरे

डार्विनमा “साउन्ड अफ नेपाल” भव्य रूपमा सम्पन्न, ७०० भन्दा बढी दर्शकको सहभागिता

डार्विनमा “साउन्ड अफ नेपाल” कन्सर्ट: सबिन राई एण्ड द फारोको सांगीतिक धमाका हुने


TOP